आमाको साहरा !
बुधबार, जेठ १७, २०८० मा प्रकाशित

फरक समाचार संबाददाता कृष्ण भुसालले चमार परिवारलाई एक बोरा चामल सहयोग गरेका छन् । घर परिवार चलाउन सहयोग स्वरुप उनले बिपन्न परिवारलाई सहयोग गरेका हुन् । बिपन्न परिवारको उपचारको क्रममा कानुनी प्रक्रिया पुराएर सहयोग जुटाउने काम उनी तल्लिन छन् ।

बर्दिया, जेठ १७ (फरकसमाचार)/ गुलरिया नगरपालिका – ६ लक्ष्मण टोलका बाबुलाल चमारको परिवार यतिखेर बिरक्तीएको छ । घरमा कमाई गरेर ल्याउँने बाबु अशक्त भएपछि परिवारमा बिहान साझको जोहो गर्न समस्या छ । बिहानको छाक टार्न अरुको मुख हेर्न पर्ने अवस्थामा त्यो परिवार आश्रित छ । रिक्सा र टाँगा चलाएर घरको बिहान र साझ चलाउँने परिवार बज्रपात पर्दा दुःख मान्य धेरै छन्,तर बाबुको परिवारले सहयोगको याचना गर्दा मुख दर्शक बन्ने पनि धेरै छन् ।

उनको परिवार बज्रपात त्यतिबेला पर्यो जब बाबुको खुट्टा नचल्ने भयो । चिप्लिएर लडे । खुट्टाको जोर्नी भाच्चियो । त्यहि कारणले पाँच छोरा छोरीका अभिभारा बोकेका बाबु परिवारमा कालोबादल मडारियो । भोकभोकै छोरा छोरीलाई राख्न पर्दाको पिडाले पत्निले घर छोडिन । हलचल गर्ने अबस्थामा बसेका बाबुको सेवामा आमा साहरा बनेकि छन् । बाबुको स्याहर सुसारमा खटिएकि आमा बृद्ध छिन् । जसोतसो छोराको सेवा गरिरहेकि छन् । उपचारको लागि पैसा छैन, घरमा पकाउँन अन्न नहुँदा बाबुको परिवार सकसमा छ ।

जनप्रतिनिधि कहाँ उनको परिवार पुगिसेको छ । वडा कार्यालय धाउँदा अपेक्षाकृत सहयोग हुन सकेको छैन । औषधी र खाना पनि प्रबन्ध नहुँदा परिवार बिलखबन्दमा परेको छ । ठूला आश्वासन देखाउँने नेताले भोट माग्ने र समस्या परेको बेला बेवास्ता गरेको क्षण उनको पटक पटक स्मरण गर्छन । उनको उपचारको लागि ६० हजार खर्च हुने भेरी अस्पतालले बताएको छ । उपचार खर्च जुटाउँन सहयोगीको खोजीमा गुलरिया नगरपालिका धाईरहेका छन् । उपचार खर्च नहुँदा भेरी अस्पतालले उनलाई घर पठाएको हो । तर, उपचारमा समेत जनप्रतिनिधिले आश्वासन देखाएका उनी बताउँछन् ।

हल चल गर्ने अवस्थामा बाबु छैनन । मुखले प्रस्ट बोले पनि उनको अनुहार निराशा र गरिबिको पिडा उनको आखामा झल्किन्छ । उनी भन्छन,‘पत्निले छोडेर गईन, म हिँडडुल गर्न सक्दिन, मेरो जिन्दगी सड्ने भयो ।’ उनी बृद्ध आमाले सेवाले सास लिन सकेको सुनाए । आमा मेरो सहारा बन्नु भएको छ । आमाको आर्शिबादले उपचार खर्च जुट्यो भने उपचार होला भन्ने भगवानसँग प्रार्थाना गर्ने गरेका छन् । आमा बृद्ध हुनुहुन्छ । आमाको सेवा गर्न चाहान्छु । तर,शारिरिक अवस्थामा ठिक नहुँदा समस्या निम्त्याएको छ । आमा जन्माउँनु भयो, हुर्काउँनु भयो, अव जिवन दिईरहनु भएको छ, उनले दुखेसो गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय