साक्षरता दरमा गेरुवा फस्ट, गुलरिया लास्ट
बिहिबार, जेठ १८, २०८० मा प्रकाशित

बर्दिया, जेठ १८(फरकसमाचार) / १२औं राष्ट्रिय जनगणना २०७८ को नतिजाले साक्षरतामा गेरुवा गाउँपालिका फस्ट र गुलरिया नगरपालिका लास्ट देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय जनगणना २०७८ को नतिजाले यस्तो देखाएको हो । जिल्लाको आठ वटै पालिका मध्ये सबै भन्दा बढी गेरुवा गाउँपालिकाको साक्षरता दर ७९.५३ प्रतिशत रहेको छ भने सबै भन्दा कम गुलरिया नगरपालिकाको साक्षरता दर ७०.०५ प्रतिशत रहेको जनगणनाको नतिजाले देखाएको छ । यसरी जनगणनाको नतिजा अनुसार गुलरिया नगरपालिकाको साक्षरता दर न्युन देखिएको छ ।

जनगणनाको नतिजा अनुसार जिल्लामा जम्मा परिवार संख्या १ लाख ६ हजार ३ सय २६ र जिल्लाको जम्मा जनसंख्या ४ लाख ५९ हजार ९ सय रहेको छ । जसमा २ लाख १६ हजार ७ सय ६६ पुरुष र २ लाख ४३ हजार १ सय ३४ महिला रहेका छन् । बर्दिया जिल्लामा पुरुष भन्दा महिलाको संख्या बढी देखिएको छ ।
गुलरिया नगरपालिकाको साक्षरता दर ७०.०५, बढैयाताल गाउँपालिकाको ७६.७१, बाँसगढी नगरपालिकाको ७९.३१, बारबर्दिया नगरपालिकाको ७९.०६, गेरुवा गाउँपालिकाको ७९.५३, मधुवन नगरपालिकाको ७६.५२, राजापुर नगरपालिकाको ७७.०९ र ठाकुरबाबा नगरपालिकाको ७७.९६ प्रतिशत रहेको छ ।

‘मेरो गणना मेरो सहभागिता’ भन्ने मुल नाराकासाथ जनगणना सम्पन्न भई सार्वजनिक गरिएको जनगणनाको नतिजाले आगामी दिनमा सरकारलाई नीति तथा कार्यक्रम बनाउन सहयोग पुग्ने गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले विश्वास व्यक्त गरे ।

कुनै पनि नीति तथा कार्यक्रम निर्माण गर्दा तथ्यांक अपरिहार्य हुने निमिक्त प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्याललले बताए । ‘जबसम्म एक्कुरेट तथ्यांक हुदैन’ निमिक्त प्रजिअ अर्यालले भने,‘तबसम्म कुनै किसिमका नीति तथा कार्यक्रमको योजना बनाउन सकिदैन ।’

राष्ट्रिय जनगणना २०७८ जिल्ला स्तरीय नतिजा सार्वजनिक तथ्यांक कार्यालय बाँकेका निर्देशक बेद प्रसाद ढकालले गरेका थिए । नतिजा प्रस्तुतीकरणमा अहिले जातजाति, भाषा र धर्मको तथ्यांक माथिबाटै सार्वजनिक नभएको जानकारी दिए ।

जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रममा निमिक्त प्रजिअ मोहन प्रसाद अर्याल, जिल्ला समन्वय समितिकी उप–प्रमुख अनिता कुमारी यादव, जिल्ला समन्वय अधिकारी तथा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह र प्रहरी उपरीक्षक सुधिरराज शाहीलागयत अन्य संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर