बर्दिया अस्पताललाई मेरो प्रश्न ?
शनिबार, जेठ २०, २०८० मा प्रकाशित

खुमेश सुबेदी

बर्दिया, जेठ २०/ मलाई जेठ १५ गते साँझ कुकुरले टोक्यो, अर्को दिन समयमै जिल्ला अस्पतालमा पुगि रेबिजको भ्याक्सिन लगाए । दोस्रो पटकको डोज ०२/१९ र तेस्रो ०२/२३ मा लगाउनुपर्ने कुरा डाक्टरले पर्चामा उल्लेख गरे गर्नुभयो । सोहि अनुसार दोस्रो डोजको लागि १९ गते म अस्पताल पुगे, जब त्यहाँ पुगे अनि थाहा भयो कि भ्याक्सिन सकिएको छ । मैले कहिले आउछ भनेर सोध्दा जवाफमा ३/४ दिन लाग्छ भन्ने पाए र उहाँले बाँसगढि, बारबर्दिया, ठाकुरबाबा लगाएत कुनै ठाँउमा कोसिस गर्नुस त्यहाँ हुनसक्छ भन्नुभयो । त्यसपश्चात मन आत्तियो, मैले बारबर्दियाको सम्पर्क नम्बर लिएर सम्पर्क गरे र त्यहाँ पनि भ्याक्सिन भएको तर निकै कम भएकोले छिटै पुग्नुस भनेपछि म कत्ति पनि ढिला नगरि बारबर्दियाको आर.सि. थारु मेमोरियल नगर अस्पताल पुगेर दोस्रो पटक को भ्याक्सिन लगाए ।

त्यसपश्चात मेरो मनमा थुप्रै प्रश्नहरु उठे ………….

रेबिज बिरुद्धको खोप जुन निश्चित समय भित्र लगाउनुपर्छ त्यति महत्वपुर्ण औषधिको अप्रर्याप्तता किन ?, यसलाई पहिलेनै सकिदैछ भन्ने थाहा हुँदाहुदै स्टकमा राख्न वा माग गर्न नमिल्ने हो ? कि सकिएपछि मात्र माग गर्नुपर्ने हो ?, मसंग साधन स्रोत थियो, मसंग विभिन्न निकाय संग समन्वय गर्नें क्षमता थियो र सोहि अनुसार त्यहाँ पुगे र भ्याक्सिन लगाए तर जसको पँहुचमा यो सब छैन उसले के गर्ने ? जे भएपनि होला भनेर कुरेर बस्ने ?, यो जिल्ला अस्पतालको लापरबाहि हो वा भ्याक्सिन उपलब्ध गराउने निकायले गरेको नजरअन्दाज ? जिल्ला भित्रै रेबिजको कारणले मृत्यु भएका घटना सुन्नमा आएका छन्, यस्तो संवेदनशिल बिषयमा वेवास्ता किन ?

हरेक नागरिकले सरल र सहज तरिकाले स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ, त्यसको सुनिश्चितता सम्बन्धित निकायले गरिदिनुपर्छ । जिल्ला अस्पताल जहाँ जिल्ला भरिका नागरिकले सेवा लिनको लागि आउछन तर त्यहाँनै यस्तो खालको समस्या आउछ भने आम सर्वसाधारण नागरिक कहाँ जाने ? यस बिषयमा सम्बन्धित निकायको ध्यान जाओस र यस्ता किसिका समस्याले सर्वसाधारण व्यक्तिहरुले दुख भोग्न नपरोस साथै माथि उठेका सवाललाई सम्बन्धित निकायले प्रष्ट पारोस् ।

यो पनि पढ्नुहोस ।

बर्दिया अस्पतालमा चरम लापरवाही : अस्पतालको ल्याबले दिने गलत रिपोर्ट, बिरामीलाई खर्च र दुःख दुबै साझा समस्या

प्रतिक्रिया

सम्बन्धित खवर