मृतकको घरमै पुगी बीमाको रकम हस्तान्तरण
सोमबार, जेठ २२, २०८० मा प्रकाशित

बर्दिया, जेठ २२ / मृतकको घरमै पुगी बीमाको रकम हस्तान्तरण गरिएको छ । महालक्ष्मी लाइफ ईन्स्योरेन्स लिमिटेड गुलरिया शाखाले बिमित गुलरिया नगरपालिका–८ निवासि स्व.भरतनाथ योगिको घरमै पुगी मृत्यु बापत हुन आउने एकमुष्ठ रकम हस्तान्तरण गरेको हो ।

महालक्ष्मि बार्षिक धनफिर्ता बीमा योजना अन्र्तगत कालगतिले मृत्यु भएको खण्डमा बिमांकको दुई गुणा र दुर्घटनाले मृत्यु भएको खण्डमा बिमांकको तिन गुणा प्रदान गर्ने व्यवस्था छ । निज मृतक बिमित भरतनाथ योगिको ५ लाखको बिमांक थियो । बिमालेखको नियमानुसार कालगतिले मृत्यु हुँदा ५ लाख बिमांकको दुई गुणा १० लाख र एक बर्षको बोनस बापतको रकम २० हजार गरि कुल हुन आउने दाबि भुक्तानि बापत रकम रु १० लाख २० हजार हस्तान्तरण गरिएको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गुलरिया शाखाका प्रमुख खुमेश सुबेदीले जनाए । गुलरिया नगरपालिका–८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बनिया र सोहि वडाका सदस्य मनोज बिक्रम न्यौपानेले मृतकको दुई छोरी सृष्टि योगि र सुयसा योगिलाई ५ लाख १० हजार दरले चेक हस्तान्तरण गरेका छन् ।

स्व. योगिले महालक्ष्मी लाईफ ईन्स्योरेन्स लिमिटेड गुलरिया शाखाबाट २०७८ श्रावण २५ गते रु ५ लाख बीमांकको बार्षिक धनफिर्ता बिमा योजना लिएका थिए भने मिति २०७८ फाल्गुन ८ गते उनको कोरोनाले निधन भएको थियो ।

दाबी भु्क्तानि कार्यक्रममा गुलरिया नगरपालिका – ८ का वडा अध्यक्ष धर्मेन्द्र कुमार बनिया, सोहि वडाका वडा सदस्य मनोज बिक्रम न्यौपाने, सोहि वडा स्थित विद्यालयका प्र.अ. दिप बहादुर घर्ति, शाखा कार्यालयका प्रमुख खुमेश सुबेदी, कम्पनिका एजेन्सि मेनेजर एवम् अभिकर्ता, साथै वुद्धिजिवि वर्ग लगाएत स्थानिय वासिहरुको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष बनियाले विमाले बचत मात्र नभई पारिवारिक सुरक्षा पनि प्रदान गर्ने भएकाले हरेक घरमा परिवारको मुख्य आम्दानि गर्ने व्यक्तिले जिबन बिमा गर्नुपर्ने जरुरी रहेको बताए । मृतक योगिलाई बिमा गर्नको लागि प्रेरित गर्ने अभिकर्ता एवम् कम्पनिलाई धन्यवाद ज्ञापन गरे । कम्पनिले बिमा प्रतिको गलत भ्रमलाई परिवर्तन गर्न सफल भएको हुँदा आम सर्वसाधारण बिमा गर्नको लागि थप प्रेरित हुने भएको बताए ।

गुलरिया शाखा प्रमुख सुबेदीले मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै यस्तो दुखद् घडीमा कम्पनीले सहज रुपमा दावी भुक्तानी गरी बिमा प्रतिको जनविश्वास बढाउँदै उत्कृष्ट सेवा प्रदान गर्न कम्पनी सधै बीमितको साथमा रहने प्रतिवद्धता व्यक्त गरेका थिए । यस्तै हरेक घरमा एक विमा पोलिसि, युवासंग महालक्ष्मी साथै महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ कार्यक्रम जस्ता कार्यक्रम ल्याएर सामाजिक उत्तरदायित्व वहन गर्ने कुरामा कम्पनि पहिलो नम्वर रहेको समेत प्रमुखले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय