चेक अनादर मुद्दाका फरार पक्राउ
मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित

बर्दिया, जेठ २३ (फरकसमाचार) / चेक अनादर मुद्दाका फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–११ का सहादत अली गद्दीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

विस २०७७ साल फागुन २६ गते बाँके जिल्ला अदालतले चेक अनादर मुद्दामा गद्दीलाई २ वर्ष कैद र रु २ हजार जरिवाना तोकेको थियो । अदालतले सजाय र जरिवाना तोकेदेखि गद्दी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा बसेको अवस्थामा गद्दीलाई नियन्त्रणमा लिएको छ । गद्दीलाई नियन्त्रणमा लिई बर्दिया जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय