दीपकलाल श्रेष्ठ
बर्दिया, जेठ २५ / निर्माण व्यवसायी संघ बर्दियाको नवौँ साधारण सभाले हेमन्त प्रकाश गिरीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । अध्यक्षमा गिरी र महासचिवमा सन्तोष रेग्मीलाई साधारण सभाले सर्वसम्मत चयन गरेको हो । दुई पदको सर्वसहमति जुटेपनि अन्य पदको मंगलबार निर्वाचन भएको छ ।
वरिष्ठ उपाध्यक्षमा विमल केसीले १ सय ४६ मत प्राप्त गरि विजय भएका छन् । उपाध्यक्षमा चन्द्रमणि लम्सालले ९८, सचिवमा प्रकाश श्रेष्ठले ९३, आन्तरिक सविचमा जगत प्रसाद अधिकारीले ८०, कोषाध्यक्षमा गोविन्द कडेलले १ सय ५४ र सह–कोषाध्यक्षमा राम चन्द्र बालन क्षेत्रीले १ सय ४८ मत प्राप्त गरि विजयी भएका छन् । त्यसैगरी सदस्यमा मोहन पौडेल, राज कुमार थारु, दिल बहादुर चौधरी, मन बहादुर तामाङ, दिपेन्द्र बहादुर बुढा, गणेश कुँवर र कमल भण्डारी विजयी भएका छन् । व्यवसायी संघको १५ जनाको कार्यसमिति चयन भएको छ । जम्मा १ सय ९० मत खसेको जनाईएको छ ।
सम्पूर्ण निर्माण व्यवसायीको हकहितमा काम गर्ने र सबै व्यवसायीलाई एकतावद्ध बनाएर लैजाने अध्यक्ष हेमन्त प्रकाश गिरीले बताएका छन् ।