५० प्रतिशत अनुदानमा कृषिजन्य सामाग्री वितरण
बिहिबार, जेठ २५, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया, जेठ २५ / बढैयाताल गाउँपालिका कृषि शाखाले ५० प्रतिशत अनुदानमा कृषकलाई कृषिजन्य मेसिनरी सामाग्री वितरण गरेको छ । शाखाले आव २०७९/०८० मा विनियोजन गरेको बजेटबाट ५० प्रतिशत अनुदानमा कृषकलाई कृषिजन्य सामाग्री वितरण गरेको हो ।

१ सय ७ जना किसानलाई बुधबार कृषिजन्य सामाग्री बितरण गरिएको छ । किसानहरूलाई कृषिमा आत्मनिर्भर बनाउन र कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्य कृषिजन्य मेसिनरी सामाग्री बितरण गरिएको बढैयाताल गाउँपालिका कृषि शाखाका प्रमुख दिपेन्द्र श्रीवास्तबले बताए । बितरण गरिएका कृषिजन्य सामाग्रीमा ७७ वटा पानी तान्ने मोटर, २२ वटा स्प्रे टंकी, एउटा पम्पसेट र ७ वटा प्लास्टिक टनेल रहेका छन् ।

कृषिजन्य सामाग्री बितरण कार्यक्रममा बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, वडा नं.६ का अध्यक्ष शुक्रराज सापकोटा, लेखा प्रमुख नारायण राज त्रिपाठि र निमित्त प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार उपाध्यायको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय