पत्रकार सुद्धिकरण अभियान : पार्टीका पत्रकार भनेर चिनिएकालाई बचाउँन चलखेल
शुक्रबार, जेठ २६, २०८० मा प्रकाशित

बर्दिया, जेठ २६ (फरकसमाचार)/ पत्रकार महासंघ जिल्ला शाखा बर्दियामा भविष्यमा चुनाव जित्न पत्रकारको छाता संगठन पत्रकार महासंघको नेतृत्वमा दलको गन्ध आउँने गरी सुद्धिकरण गरेको पाईएको छ । कर्मचारी, शिक्षक, निस्कृय, बिदेश वा स्वदेश बसोबास गर्ने र पत्रकारितामा सक्रियता नदेखाएका पत्रकारलाई सुद्धिकरण गर्ने अभियानमा भोट हाल्नकै लागि कार्यकर्तालाई बिभिन्न बाहानामा वचाउँ गरेको पाईएको छ ।

गुलरियामा पत्रकार महासंघको दुई दिन अघि सुद्धिकरण गर्न बसेको छलफलमा छलकपट भएको खुलेको छ । बिगत देखि नै पार्टीले दिएको टिकटबाट पत्रकारको छाता संगठन पत्रकार महासंघको चुनाव जितेर नेतृत्व गर्दै आएको छ । नाम मात्रको सुद्धिकरण अभियानले भबिष्यमा महासंघमा जिल्लाको नेतृत्वमा दलकै अमुख व्यक्तिले नेतृत्व गर्ने र भावि दिनमा कुनै फेर बदल आउँने छाट देखिदैन ।

पत्रकार सुद्धिकरणमा दलका शुभचिन्तक संस्था प्रेस यूनियन, प्रेस चौतारी र प्रेस सेन्टर र छाता संगठन पत्रकार महासंघको नेतृत्वले गरेको सुद्धिकरणमा काम गर्ने व्यक्तिलाई पाखा लगाएको भेटिएको छ । बिगत देखि पत्रकार महासंघका सदस्यता पाएका ज्ञानेन्द्र पोखरेलले नियमित रुपमा पत्रकारको परिचय दिएर रिपोटिङ गर्छन् । बढैयातालमा बस्ने पोखरेलले फरक समाचार पत्रिकामा नियमति जसो बढैयातालको आवाज बुलन्द गर्ने मध्यमा पर्ने पत्रकार हुन् । पोखरेललाई निस्कृय भनि नाम हटाउँनु दुखद कुरा हो ।

दलिय शुभचिन्तक तीन संयन्त्रको निर्णयले पोखरेलको नाम हटाएको माईनटमा उल्लेख छ । महासंघमा आबद्ध रहने सदस्यले लेखेका वा प्रसारण गरेका कागजात पेश गर्न भन्ने हो भने त्यहि मापदण्ड नर्पने पत्रकार हटाए पत्रकारीता पेशा बिबादित नबन्ने आम बुझाई छ । त्यो मूख्य मापदण्डलाई वेवास्ता गरिएको छ । तीन तहको चुनावमा उठेका उम्मेदवारलाई जिताउँ भन्दै सामाजिक संजालमा लेख्ने पत्रकारलाई भने सदस्यताबाट दलिय संयन्त्रले चोख्याएको छ ।

संघ संस्थाको चुनावमा समेत फलानोलाई जिताउँ भनि निजी सामाजिक संजालमा पोष्ट गर्ने पत्रकारलाई महासंघले सदस्यता हटाउँन त के स्पष्टीकरण सोध्न नसकेकोमा पत्रकारको आपत्ति छ । त्यस्ता पत्रकार बिभिन्न निजी र अर्धसरकारी संघ संस्थाको चुनावमा जिताउँन वा हराउँन सक्रिय देखिन्छन् । पत्रकारको नाममा त्यस्ता पत्रकारको कारणले आम नागरिक पत्रकारसँग दुखी देखिन्छन् ।

दलिय पत्रकारको कारणले सक्रिय भई पत्रकारीताको आचरणमा हिड्ने पत्रकारलाई समेत सुरक्षा चुनौति बढेको छ ।
तीन तहको चुनावको बेला कतिपय पत्रकार दलगत पदाधिकारीका उम्मेदवार भए । ति पत्रकारको पनि सुद्धिकरणमा नाम देखिदैन । पार्टीका शुभचिन्तक प्रेस यूनियन, प्रेस सेन्टर र प्रेस चौतारीका नाममा सुद्धिकरणबाट बचेका छन् । महासंघको सदस्यतामा नाम राखिएका अधिकांश पत्रकारको सक्रियता जिरो छ । निस्कृय पत्रकारको नाम समाजका हर व्यक्तिलाई थाहा हुँदा हुदै सदस्यता कायम राख्नु श्रमजिबि पत्रकारको बिरुद्धको षडयन्त्र हो ।

हालै सम्पन्न चुनावमा भातृ संगठनमा खुलेआम देखिएर पार्टीका प्रचारमा लागेकालाई पत्रकारको नाममा सदस्यता दिएकोमा स्वयम पत्रकार गुनासो गर्छन् । श्रमजिबि पत्रकारले टाईम मिलाएर जागिरमा संलग्न भएका पत्रकार पहिलो प्राथामिकता राखेर हटाएकोमा केहि सहकर्मी दुखी छन् । पार्टीकै मान्छे छानी छानी राख्ने भए किन सुद्धिकरण गरेर झुक्काउँने खेल खेलेको आरोप दलका शुभचिन्तक संगठनमा रहेका नेतृत्वलाई लागेको छ । पत्रकार महासंघले यति बेला ७ जना नयाँ सदस्य थपेको छ । अझै सक्रिय पत्रकार भन्दै आधा भन्दा बढिको मुख्य पेशा अर्को र निस्कृयलाई बचाउँ गरेको छ । अब रहने सदस्य ४९ जना मध्य आधा भन्दा बढि निस्कृय र मुख्य पेशा अर्कै रहेको भनेर समुदायले चिनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय