बाल बिवाह मुक्त वडा घोषणा
शनिबार, जेठ २७, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया, जेठ २७ / बढैयाताल गाउँपालिका वडा नंम्बर ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रमको आयोजना गरि शुक्रबार वडा नंम्बर ७ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।

यस भन्दा अगाडि बढैयाताल गाउँपालिकाका वडा नंम्बर २,३ र ६ बालबिवाह मुक्त वडा घोषणा भईसकेका छन् । वडा नंम्बर ७ मा हाल १३ प्रतिशत बालबिबाह रहेको छ । ८० प्रतिशत भन्दा बढि बालबिवाह रोकिएको अवस्थामा बालबिबाह मुक्त गर्ने प्राबधान अनुसार यस वडाको सुचक पूरा भएको आधारमा बालबिवाह मुक्त बडा घोषणा गरिएको छ ।

बढैयाताल गाउँपालिका वडा नं. ७ का अध्यक्ष राधेश्याम थारुको अध्यक्षतामा बालविवाह घोषणा कार्यक्रम भएको छ । बालविवाह मुक्त घोषणा कार्यक्रममा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसाल, बढैयाताल गाउँपालिकाका प्रमुख प्रशाकसीय अधिकृत दान बहादुर ऐडि, निबर्तमान लुम्बिनी प्रदेश सदस्य कबिराम थारु, बढैयाताल गाउँपालिकाका सबै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, बिधालयका शिक्षकहरु र नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । बालबिबाह न्यूनीकरण गर्न विशेष योगदान पु¥याउने संघसस्था, नागरिक समाज र संचारकर्मिलगायतलाई सम्मान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय