दिनेश ठाकुर
बर्दिया,जेठ २७/ ‘लैंगिक हिंसा बिरुद्व जागौं, मानव बेचबिखन रोकौं’ भन्ने नारासहित लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ । मानव अधिकारका लागि एकल महिला विकास केन्द्र गुलरिया बर्दियाको आयोजनामा सुर्याेदय सांस्कृतिक प्रतिष्ठानले गुलरियाको सिमा बस्तीमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको हो ।
लैंगिक हिंसा निवारण तथा मानव बेचबिखन नियन्त्रण सम्बन्धि झण्डै १ घण्टा जनचेतनामुलक नाटक प्रदर्शन गरेका थिए । टिमले प्रदर्शन गरेको जनचेतनामुलक नाटकलाई स्थानियहरुले खुबै मन पाएका छन् ।
नाटकमा घरमा काम गर्ने महिला कामदारलाई साहुमहाजनले गर्ने ब्यवहार, बलात्कार घरमा महिलाहरुमा हुने हिंसा, महिलालाई माया जालमा फसाएर भारतमा लगेर बेचिएको आदि समेटिएर देखाइएको छ । प्रदर्शन गरेको जनचेतनमुलक नाटक समय सान्दर्भिक रहेको स्थानियहरुले बताएका छन् । गुलरिया नगरपालिकाको भारतसंग खुला सिमा रहेको कारण मानव बेचबिखनको उच्च जोखिममा रहदै आएको छ ।
नाटकमा मानव बेचविखनको अवस्था कारण, दलालहरुले अपनाउने तौरतरिका, बेचिएपछि पाउने दुःख कष्ट जस्ता बिषय बस्तु समेटिएर नाटकमा देखाईएको छ ।
घरेलु हिंसा तथा बेचबिखनमा परेपछि अपनाउनु पर्ने कानुनी व्यवस्था, लैगिकता र मानव बेचविखन विरुद्ध स्थानियहरुको भुमिका लगाएतको बारेमा नाटकमा देखाईएको मानव अधिकारका लागि एकल महिला बिकास केन्द्र बर्दियाकी अध्यक्ष मिना थापाले बताइन् ।
नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग र गुलरिया नगरपालिकाको समन्वयमा सांस्कृतिक प्रतिष्ठान गुलरिया बर्दियाले नाटक प्रदर्शन गरेको छ ।