बर्दिया, जेठ २८ (फरकसमाचार) / सवारी दुर्घटना न्युनिकरण गर्न चालकहरुको स्वास्थ्य परिक्षण गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको आयोजना, फत्तेवाल आँखा अस्पताल बाँके र नगर अस्पताल भुरीगाउँको समन्वयमा शनिबार सवारी चालकहरुको स्वास्थ्य परिक्षण गरिएको हो ।
दुर्घटना न्युनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा तथा स्वास्थ्य परिक्षण गरिएको छ । राजमार्गमा चल्ने विभिन्न सवारी साधनका १ सय ७८ जना चालकको स्वास्थ्य परिक्षण गरिएको हो । जस मध्ये ३५ जनाको विपि र १७ जनाको आँखामा समस्या रहेको भेटिएको छ । स्वास्थ्यमा समस्या देखिएका सवारी चालकहरुलाई आवश्यक सल्लाहसमेत दिईएको छ ।
स्वास्थ्य परिक्षण कार्यक्रममा प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह भण्डारीसहितको टोलीले ‘ट्राफिक नियम पालना गर्नु आफ्नै सुरक्षाको लागि हो, हैरानीको लागि होइन’ भन्ने सचेतनामुल सन्देश पनि दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुलरियाका हवल्दार कृष्ण डागीले जानकारी दिए ।