बेवारिसे अवस्थामा सालको काठ बरामद
मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

बर्दिया, जेठ ३० (फरकसमाचार) / साल जातको गोलिया काठ बेवारिसे अवस्थामा प्रहरीले बरामद गरेको छ ।

गुलरिया नगरपालिका–१ गाउँ नंम्बर १० स्थितबाट बेवारिसे अवस्थामा आइतबार प्रहरीले सालका गोलिया काठ बरामद गरेको हो । प्रहरीका अनुसार बरामद सालका गोलिया काठ ३०.६७ क्यू फिट मुल्य रु १ लाख २२ हजार ६ सय ८० बराबरको छ ।

प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको काठ आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर