अत्याधिक गर्मी बढेपछि आज देखि पाँच दिन विद्यालय बन्द गर्ने
मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

बर्दिया, जेठ २९ (फरकसमाचार) / केही दिन यता अत्याधिक गर्मी बढेपछि गुलरिया नगरपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयहरु आज देखि पाँच दिनसम्म बन्द हुने भएका छन् । सम्पुर्ण सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिन बन्द गर्न शिक्षा युवा तथा खेलकुद शाखाले निर्देशन दिएको हो । केही दिनदेखि ह्वात्तै गर्मी बढेपछि आज जेठ ३० गते देखि बढीमा पाँच दिन विद्यालय बन्द गर्न शिक्षा युवा तथा खेलकुद शाखाले जारी गरेको सुचना मार्फत जनाएको छ ।

जेठ २९ गते (सोमबार) देखि दादुरा रुवेला खोप अभियान संचालन भइरहेको छ । खोप केन्द्र रहेका विद्यालयहरुले खोप लगाउने दिनमा अनिवार्य रुपमा विद्यालय खोली खोप कार्यक्रम संचालन गर्ने जनाईएको छ । खोप संचालन भईसकेका विद्यालयहरुले विद्यालय व्यवस्थापन समितिको निर्णय गराई आज जेठ ३०(मंगलबार) देखि बढीमा ५ दिन विद्यालय बन्द गर्न सम्पुर्ण विद्यालयलाई शिक्षा शाखाले निर्देशन दिएको छ ।

अत्याधिक गर्मिको कारण विद्यालय संचालन गर्न कठिनाई भएपछि शिक्षा नियमावली २०५९(संशोधन सहित) को नियम ८५ को उपनियम ४ अनुसार स्थानीय बिदा गर्ने सोमबार नगर प्रमुख स्तरीय निर्णयानुसार पाँच दिन सबै विद्यालय बन्द गर्ने गुलरिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत सतिस यादवले सुचना प्रकाशित गरी जनाएका छन् । अत्याधिक गर्मी बढ्नुका साथै तातो हावा (लू) चल्ने कारणले पठन पाठनमा असहज भई विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि पाँच दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय