तीन जोनका लागि बर्दियामा सरकारी अनुदान
मङ्गलबार, जेठ ३०, २०८० मा प्रकाशित

बर्दिया, जेठ ३० (फरकसमाचार) / धान सुपरजोन, केरा जोन र माछा जोन कार्यक्रमबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईले किसानको मनमष्तिस्कमा बस्न सफल हुँदै गएको छ । उत्पादनलाई उद्योगसंग जोड्न र कृषिलाई यान्त्रिकरण गर्न सघाउँदा कृषकको मनमष्तिस्कमा परियोजना बसेको छ । कृषकको लागत घटाउने र आम्दानी बढाउन परियोजनाले काम गरिरहेको छ ।

धान सुपर जोन कार्यक्रम मार्फत चैते धानको उत्पादन बढाएर सरकारलाई खाद्यको दृष्टिकोणले टेवा पु¥याउने र कृषकको आम्दानी बढाउने दृढ विश्वासका साथ परियोजना दौडिरहेको छ । चैते धान, केरा र माछा तर्फ खेती गर्न उन्मुख हुने किसानलाई आवश्यक जानकारी परियोजनाले उपलब्ध गराउँदा किसानहरु थप सहयोग पुग्ने गरेको छ । किसानले चाहेआनुसार उत्पादन गरेर लोभलाग्दो आम्दानी गरिरहेका छन् ।

परियोजनाले कृषक ५० प्रतिशत अनुदानले सघाउँदा किसानहरुमा झन् उर्जा थपिदै गएको छ । परियोजनाको सहकार्यले धमाधम किसानले बाली लगाउने क्षेत्र विस्तार गरिरहेका छन् । विस्तारै कृषहरुले चैते धान खेती, केरा खेती र माछा पोखरी बढाउन थालेका छन् ।

आधुनिक धान रोप्ने यन्त्रले धेरै सहज भएको राजापुर नगरपालिका–४ शान्तिपुरका कृषक मदन आचार्यले बताए । ‘यस यन्त्रले खर्च र समय घटाएको छ’ कृषक आचार्यले भने,‘बिउ उखेल्ने र लगाउन चाहिने दर्जनौ व्यक्तिको ज्याला बचत भएको छ ।’

धान रोप्ने आधुनिक यन्त्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईले आफ्नो लगानीमा ल्याएको नायव प्राविधिक सहायक पदमराज पाण्डेले बताए । कृषकले धान रोप्न प्रति हेक्टरको ४ हजार राजश्व र ५ सय अपरेटर चार्ज व्यहोर्नु पर्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईको ५० प्रतिशत अनुदानमा दुई ठाउँमा कस्टम हायरिङ्ग सेन्टरमा स्थापना गरिएको छ । कस्टम हायरिङ्ग सेन्टरमा कृषकलाई आवश्यक पर्ने सम्पुण उपकरण उपलब्ध छ । यसको संचालन कृषक समुहले गरेका छन् । कस्टम हायरिङ्ग सेन्टरले किसानको खर्च र समय दुवै जोगाएको राजापुर नगरपालिका–४ शान्तिपुर बहुउद्देश्यीय कृषक समुहका अध्यक्ष बुद्धिचल चालिसेले जनाए । कुल रु ६५ लाखको लागतमा कस्टम हायरिङ्ग सेन्टरमा स्थापना गरिएको छ जसमा परियोजनाले आधा रकम अनुदान दिएर सघाँएको छ ।

धान सिचाईको लागि राजापुर नगरपालिका–३ चक्खापुरमा सिचाईको लागि कुलो निर्माण गरि संचालनमा ल्याउन परियोजनाले अनुदान दिएको छ । हिलोमा चाल्न सक्ने चेनवाल कम्बाई हारबेस्टरले धान काट्न सहज भएको गेरुवा गाउँपालिका–६ बेलभरिया सिता कृषक समुहका अध्यक्ष सालिकराम चौधरीले बताए । राजापुर नगरपालिका–५ देवथान कृषक समुहलाई पनि परियोजनाले ५० प्रतिशत अनुदानमा कम्बाई हारवेस्टर उपलब्ध गराएको छ ।

चैते धानको किसानले उपयुक्त मुल्य नपाएर मारमा परेको श्री दिदी बहिनी साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष सिता अर्यालले बताईन् । चैते धानको अर्गानिक र गुणस्तरीय चिउरा भुजा उत्पादन गर्ने उदेश्यले श्री दिदी बहिनी साना किसान कृषि सहकारी संस्थाद्वारा संचालित चिउरा भुजा उद्योग तयारी अवस्थामा छ । परियोजनाको ५० प्रतिशत लगानीमा कुल रु १ करोड ४० लाखमा राजापुर नगरपालिका–३ टेडियामा चिउरा भुजा उद्योग निर्माण भएको छ । अब चैते धान उत्पादन गर्ने कृषकले चाहे अनुसारको मुल्य पाउने विश्वास छ ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा धान सुपरजोन, गुलरिया, बाँसगढी र मधुवन नगरपालिकामा केरा जोन र बढैयाताल गाउँपालिका, बाँसगढी, गुलरिया, बारबर्दिया र ठाकुरबाबा नगरपालिकामा माछा जोन कार्यक्रम संचालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईका प्रमुख कृष्ण धितालले बताए । ‘जोन र सुपरजोन कार्यक्रममा मुख्य गरेर क्षेत्र विस्तारको कार्यक्रम, कृषिमा यान्त्रिकरण वालीबस्तुसंग विषेशगरी उपयुक्त हुने नयाँ यन्त्र उपकरणहरु परियोजनाले अनुदान दिएको छ’ परियोजनाका प्रमुख धितालले भने,‘त्यस्तै खेतीको लागि आवश्यक पर्ने सिचाई तथा पुर्वाधारमा निर्माण मर्मत गरेर संचालनमा ल्याउने काम पनि भएका छन् ।’

धान जोन कार्यक्रम अन्र्तगत राजापुरमा उद्योग स्थापनाको लागि धानमिलमा, केरा जोन अन्र्तगत बजारीकरणको लागि गुलरियामा दुई वटा राइपेनिङ्ग चेम्बर स्थापनाको लागि सहयोग गरेका छौ । यी उद्योगहरु कृषक समुह तथा फर्म मार्फत संचालन हुनेछन् । त्यसैगरी माछा जोन कार्यक्रमबाट क्षेत्र विस्तारको लागि नयाँ पोखरी खनाउने, सिचाईका लागि सिचाईको स्रोतमा सहयोग गरेका छौं । माछा बजारीकरणको लागि जिउँदो माछा विक्री तयाँकको लागि अनुदान उपलब्ध गराएको सुनाए ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा १ हजार ५० हेक्टरमा चैते धान खेती हुन्छ । प्रति हेक्टरमा ५४ कुन्टल उत्पादन हुने गरेको तथ्यांक छ । चालु आवमा ५ करोड ९९ लाख परियोजनाको बार्षिक कार्यक्रम बजेट रहेको जनाईको छ ।

मेसिनेरी, सिचाइ, धान क्षेत्र विस्तार, धान उद्योग तथा अद्योगिकरण सहयोग, चक्ला बन्दी कार्यक्रम, बिउ उत्पादन जस्ता कार्यक्रमहरु गरिएका छन् ।
बढैयाताल गाउपालिका–५ अमर मत्स्य फर्मलाई सिचाई पुर्वधारण निर्माणमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाईले कुल लगानी रु १ लाख १६ हजार ४ सय ७८ को आधा अनुदान उपलब्ध गराएको अमर सिंह चौधरीले बताए । त्यसैगरी गत आवमा परियोजनाले जिउँदो माछा विक्री टयाँक निर्माणमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको चौधरीले जनाए । त्यसैगरी माछा पोखरीमा घुलित अक्सिजन उत्पादन गर्न एरिरेटर राख्न अनुदान दिएको छ ।

पहिला धान खेती गरेर चाहे अनुसार फाइदा लिन नसक्दा माछा खेती तर्फ उन्मुख भएको बाँसगढी नगरपालिका–८ लक्ष्मणाकी विष्णु ढकालले बताईन् । ६ वर्ष अघिबाट ४ बिघामा माछा पालन गर्दै आएको सुनाईन् । अहिले थप दुई बिघामा नयाँ पोखरी खनाउने काम अन्तिम चरणमा रहेको जनाईन् । पोखरी खनाउन परियोजनाले ५० प्रतिशत सहयोग दिएको ढकालले जानकारी दिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर