नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै गुलरियामा लगातार प्रदर्शन
बुधबार, जेठ ३१, २०८० मा प्रकाशित

बर्दिया, जेठ ३१ (फरकसमाचार)/ नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै गुलरियामा लगातार विरोध प्रदर्शन गरिएको छ । राष्ट्रपतिद्वारा प्रमाणिकरण नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै लगातार विरोध प्रदर्शन गरिएको हो । विधेयक कार्यान्वयनको माग गर्दै गत बिहीबार देखि नागरिकता पिडित संघर्ष समिति बिरोधमा उत्रिएको छ ।

नेपाल सरकार गृह मन्त्रालयको ध्यानाकर्षणको लागि बिहीबार जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएको नागरिकता पिडित संघर्ष समितिका अध्यक्ष वृजेश रायले बताए । ‘राष्ट्रपतिबाट प्रमाणिकरण नागरिकता विधेयक कार्यान्वयको माग हाम्रो हो’ अध्यक्ष रायले भने,‘कार्यान्वयको माग गर्दै विरोधमा उत्रिएको छैठौं दिन बित्यो, तर सम्बन्धित निकायले हाम्रो मागलाई बेवास्ता गरिरहेको छ ।’

जिल्ला प्रशासन कार्यालय अगाडि मंगलबार गरिएको विरोध कोणसभालाई सम्बोधन गर्दै जबसम्म सरकारले हाम्रो माग पुरा गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहने जनमत पार्टी बर्दियाका अध्यक्ष सोहराब पठाले बताए । ‘हामीले भिक मागेको होइन’ अध्यक्ष पठानले भने, ‘हामी नेपाली हौं, आफ्नो हकअधिकार मागेको हो ।’ हामीले गरेको विरोध कार्यक्रममा पत्रकारले साथ नदिएको भनाई राखे । समाचार संकलन नगरेको भनाई राख्दै पत्रकारलाई होसियार हुनसमेत अध्यक्ष पठानले भनेका छन् ।

युवाहरुले विभिन्न बहानामा नागरिकता नपाउँदा रोजगारीको अवसरबाट बञ्चित हुनु परेको विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष राम दुलारे (विपिन) सोनकारले बताए । ‘अध्ययन पुरा गरिसकेका युवाहरु बेरोजगार भएर बस्न बाध्य छन्’ सोनकारले भने,‘मुख्य हतियार नागरिकता नहुँदा व्यवसाय विजनेश, रोजगारीका अवसरबाट र बैदेशिक रोजगारीबाट बञ्चित हुनुपरेको पिडा युवाहरुलाई छ ।’ बल्लतल्ल विधेयक प्रमाणिकरण भएको छ तर विभिन्न सडयन्त्र गरि रोक लगाईएको छ । विधेयक कार्यान्वयन नभए सशक्तपुर्ण आन्दोलन गर्न बाध्य हुने विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य सोनकारको भनाई छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ १७ गते नागरिकता विधेयक प्रमाणिकरण भई गृह मन्त्रालयलाई आदेश दिएको तर, केही पार्टी बिरोध जनाउँदा सर्वोच्च अदालतबाट रोक्का भएको छ ।

‘नागरिकता विधेयक लागु गर, नागरिकतामा राजनीति गर्न पाईदैन, नागरिकता विरोधी मुर्दाबाद, अनागरिक बनाउन पाइदैन, बिचौलीया न्यायधीस मुर्दाबाद’ जस्ता प्ले कार्ड देखाएर र नारा लगाएर प्रदर्शनकारीले बिरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर