बर्दिया, जेठ ३२ (फरकसमाचार) / बैंकिङक कसुरमा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–१ का ३० वर्षिय महेन्द्र यादवलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
बैंकिङ कसुरमा फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको प्राप्त पत्रादेशानुसार ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले यादवलाई पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मैनापोखरले यादवलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको जनाएको छ ।