बिहिबार, जेठ ३२, २०८०
मा प्रकाशित
1568
Shares
काठमाडौं, जेठ ३२ / सरकारले राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारमा पूर्व मुख्य सचिब शंकरदास बैरागीलाई नियुक्त गरेको छ। बैरागीलाई आजै मुख्य सचिवबाट राजिनामा गराएर सल्लाहाकारमा नियुक्त गरिएको हो।
पूर्व मुख्य सचिब बैरागीले आजै राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ पनि लिएका छन्।
बिहिबार सिहंदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई सल्लाहाकारको सपथ ग्रहण गराएका हुन्। पूर्व मुख्य सचिव बैरागीको राजिनामा पछि आजै सरकारले मुख्य सचिवमा डा. वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ। नागरिकन्युजबाट साभार

