बर्दियालाई वीउविजनमा आत्मनिर्भर बनाउने
शुक्रबार, असार ०१, २०८० मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया, असार १ / बर्दिया जिल्लालाई बीउ उत्पादनमा आत्मनिर्भर बनाउने उदेश्य रहेको एकीकृत कृषि तथा पशुपन्छी बिकास कार्यालय गुलरियाका बरिष्ठ कृषि प्रसार अधिकृ सागर ढकालले बताएका छन् । वीउविजन उत्पादन, प्रमाणिकरण तथा बिक्रिबितरण सम्बन्धि ३ दिने तालिमको समापनमा अधिकृत ढाकलले यस्तो बताएका हुन् । कार्यक्रममा बाल्दै उनले बर्दियालाई बिउमा आत्मनिर्भर बनाउनको लागि उत्पादन बढाउनु पर्ने, भण्डारण तथा बितरण ब्यवस्थामा सुधार गर्नुपर्ने भएकाले यस तालिमले बीउ उत्पादन, आपुर्ति र बितरणमा सहज हुने बताए ।

अहिले नेपालमा कानुन बमोजिम बीउ उत्पादन गरेर बिक्रिबितरण गर्न पाइने भएकाले बीउ सम्बन्धि ब्यवसाय संचालन गर्न, संचालनमा रहेका ब्यवसायलाई अझै बिस्तार गर्न तालिमले सहयोग पुग्ने ढकालको भनाई छ ।

अब आउने दिनमा बीउबिजनलाई अझै गुणस्तरिय बनाउदै लैजाने तालिममा सहभागी कृषक निर्मला आचार्यले बताईन ।
तीन दिने तालिममा आधारभुत कुराहरु समेटिएकाले अबको दिनमा कानुन बमोजिम बीउ उत्पादन गरेर ब्यवसायि संचालन गर्ने तालिमकी संयोजक रचना देवले बिश्वास ब्यक्त गरिन् ।

बिउविजन गुणस्तर बितरण केन्द्र हरिहरभवन ललितपुरको प्राविधिक सहयोग र एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरियाको आयोजनामा जिल्लाको ८ वटै पालिकाबाट प्रतिनिधित्व हुने गरी विउ उत्पादन गर्ने कृषक, कृषि समुह, कृषि सहकारीहरुको कृषक र अगुवा कृषकहरुलाई सहभागि गराई विउविजन उत्पादन, प्रमाणिकरण तथा बिक्रिबितरण सम्बन्धि जिल्लास्तरीय ३ दिने तालिम बिहिबार गुलरियामा सम्पन्न भएको छ । मंगलबार देखि बिहीबारसम्म संचालन भएको तालिममा ६० जना कृषकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय