आइतबार, असार ०३, २०८०
मा प्रकाशित
1790
Shares
बर्दिया, असार ३ / कैलालीका प्रमुख जिल्ला अधिकारी सवार गाडी बर्दियामा दुर्घटना भएको छ । आइतबार धनगढीबाट कोहलपुर जाने क्रममा बर्दियाको बबईमा प्रमुख जिल्ला अधिकारी सवार गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा कसैलाई चोटपटक नलागेको प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताए ।
गाडी भने क्षतिग्रस्त भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । प्रमुख जिल्ला अधिकारी अन्तर जिल्ला बैठकमा सहभागी भएर धनगढी फर्कंदै थिए ।