प्रार्थना गर्दा गर्दै बिरामी बालकको मृत्यु
मङ्गलबार, असार ०५, २०८० मा प्रकाशित

बर्दिया, असार ५ (फरकसमाचार) / परमेश्वरले ठिक गर्नु हुन्छ भनेर विश्वास दिलाई प्रार्थना गर्दा गर्दै बिरामी बालकको अकालमै मृत्यु भएको छ । गुलरिया नगरपालिका–१० कालाबन्जरका ८ वर्षिय अजय यादवको गत शुक्रबार मृत्यु भएको हो ।

बिरामी बालकलाई उपचार गर्न कहि लैजान नपर्ने प्रार्थना गरेपछी परमेश्वरले ठिक गर्नु हुन्छ भन्ने भ्रमाक आश्वासन देखाउने कार्यमा संलग्न रहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रार्थना गरेर बिरामीलाई ठिक गर्ने बहानामा बालको मृत्यु भएको छ । अन्धविश्वासको झासा देखाउने कार्यमा संलग्न रहेकालाई हदैसम्मको कारवाहीको माग स्थानीयले गरेका छन् ।

गुलरिया नगरपालिका–४ तुलापुर बस्ने ३९ वर्षिय राजु शाही, ३८ वर्षिय गिता शाही र ३५ वर्षिय निशा नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका तीनै जनाले गुलरिया नगरपालिका–४ तुलापुर स्थित संचालन गरेको सत्य बचन परमे ईश्वरीय मार्ग दर्शन नामक संस्थामा बिरामी बालकलाई ल्याई परमेश्वरले ठिक गर्नु हुन्छ भन्दै प्रार्थना गर्दा गर्दै बालकको मृत्यु भएको हो । बिरामी बालक अचेत अवस्थामा रहेको बेला तीनै जनाले औषधी उपचार गर्नसमेत लाग्न नदिएको तीनै जनामाथि आरोप छ ।

बिरामी छोरालाई औषधी उपचार गराउन कहि कतै लैजानु पर्दैन भन्दै विश्वास दिलाई बचन तथा प्रार्थना गर्दा गर्दै छोराको मुत्यु भएपछि बुवाले प्रहरीमा जाहेरी दरखास्त दिएपछि प्रहरीले तत्काल तीन जनालाई नियन्त्रणमा लिएको थियो । गुलरिया नगरपालिका–१० कालाबन्जरका प्रमुख यादवले छोराको मृत्यु भएको प्रहरीमा जाहेरी दिँदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अदालत गुलरियाबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय