राष्ट्रिय स्वतन्त्र पार्टीको वार्षिकोत्सवमा विविध कार्यक्रम
बुधबार, असार ०६, २०८० मा प्रकाशित

बर्दिया,असार ६ (फरकसमाचार) / राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । पार्टीले देशभरि असार १ गते देखि साप्ताहव्यापी रुपमा विविध कार्यक्रम गरि वार्षिकोत्सव मनाईरहेको हो । यो क्रम असार ७ गतेसम्म चल्नेछ । साप्ताहव्यापी कार्यक्रमको पाचौं दिन मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी गुलरिया नगर समितिले बर्दिया अस्पतालको हाताभित्र रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रसद्वारा संचालित रक्त संकलन केन्द्रको समन्वयमा रक्तदान कार्यक्रम गरिएको जनाईएको छ ।

रक्तदान कार्यक्रममा १९ जनाले १९ पिन्ट रक्तदान गरेको राष्ट्रिय स्वतन्त्र पार्टी गुलरिया नगर तदर्स समितिका संयोजक हिम बहादुर पुनले बताए । ‘साप्ताहव्यापी कार्यक्रमको पाचौं दिनमा रक्तदान कार्यक्रम गरेका छौं’ संयोजक पुनले भने,‘यस अघि वडा समिति गठन, गुलरिया नगरपालिका–८ स्थित श्री महाकवि देवकोटा उच्च माविमा वृक्षरोपण र वडा नंम्बर ३ स्थित श्री कृष्णसार आधारभूत विद्यालयमा वृक्षरोपण तथा सरसफाई कार्यक्रम गरेका छौं ।’

त्यसैगरी असार ७ गते (बिहीबार) बिहान ७ बजे गुलरियाको बुद्ध चोक नजिक स्थापना गरिएको पार्टी कार्यालयको उद्घाटन कार्यक्रम छ । सोही दिन बेलुका ७ बजे हुलाक चोकमा ७७ पटक घन्टी बजाउने र दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको संयोजक पुनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय