मृगौला पिडित सुनारको उपचारमा आर्थिक अभाव
बिहिबार, असार ०७, २०८० मा प्रकाशित

बर्दिया, असार ७ (फरकसमाचार) / मृगौला पिडित गुलरिया नगरपालिका–९ रामपुर टेपरीका ३२ वर्षिय भिम बहादुर सुनारको उपचार गराउन आर्थिक अभाव भएको छ । विगत दुई वर्ष देखि दुवै मृगौला फेल भएका सुनारको उपचारमा आर्थिक अभाव खड्किएको हो । मृगौला पिडित सुनारको आर्थिक क्षमताले भ्याएसम्म औषधी उपचार गराएका छन् । तर, ज्यालामा मिस्त्री काम गरेर जिविकोपार्जन गरिरहेका सुनारमाथि अहिले ब्रर्जपात परेको छ । परिवारका मुल व्यक्ति नै मृगौला पिडित भएपछि परिवारको बिचल्ली भएको छ ।

सुनारको ठुलो छोरा ६ वर्षका छन् भने साना दुई छोरी छन् । परिवार पाल्ने मुख्य जिम्मेवारीमा रहेका सुनारको दुवै मृगौलाले काम गर्न छोडि अवस्था झन् गम्भिर भएको छ । कमाउने मुख्य व्यक्ति नै बिरामी भएपछि परिवारको आय स्रोत छैन । विगत दुई वर्ष देखि औषधी उपचार गराउँदा गराउँदै आर्थिक स्थिती कमजोर भईसकेको मृगौला पिडितकी पत्नी संगिता सुनारले बताईन् । ‘कमाउने मुख्य व्यक्ति उहाँ नै हो’ सुनारले भनिन्,‘उहाँलाई निको बनाउन चारैतिर भौतारिएकी छु ।’ उपचारमा हातेमालो गरि सघाउन बिनम्र अनुरोध छ ।

उपचारको लागि कतिपय मनकारी हातले सघाउनु भएको छ । अझैपनि सघाउनुहोला । श्रीमानलाई निको बनाउन मैले आफ्नो मृगौला दिन तयार छु । तर त्यसको लागि पनि आर्थिक समस्या भईरहेको संगिता सुनारले जनाईन् । सबै मनकारीहातले सघाए उनको उपचार सम्भव छ । यस पवित्र कार्यमा सकेजति सबैले सहयोग गरौं । सहयोग गर्ने मनकारीहरुले मृगौला पिडितको पत्नी संगिता सुनारको माछापुच्छे बैंक लिमिटेड गुलरिया शाखाको खाता नंम्बर १२५०९७०९५१८०००१६ वा इसेवा नंम्बर ९८४५२८२६८४ मा जम्मा गरेर सहयोग गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय