मधुवन नगरपालिकाले प्रस्तुत ग¥र्यो आगामी वर्षको नीति तथा कार्यक्रम
शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

बर्दिया,असार ८ (फरकसमाचार) / मधुवन नगरपालिकाले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मधुवन नगरपालिकाले बाह्रौं नगर सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम बिहीबार प्रस्तुत गरेको हो । मधुवन नगरपालिकाको बाह्रौं नगर सभामा नगर प्रमुख तेज बहादुर भाटले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । ‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार, मधुवन नगरपालिका विकासको मुल आधार’ भन्ने मुल नाराकासाथ आगामी वर्षको लागि नीति तथा कार्यक्रम ल्याईएको छ । नगरपालिकाले नगरको समग्र विकास, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई मध्यनगर गरि आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।

‘कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनुका साथै समग्र नागरिकको स्वास्थ्यमा सुधार गरि शिक्षालाई बैज्ञानिक, प्रतिस्पर्धी बनाई समग्र मधुवन नगरलाई सामाजिक, शैक्षिक, सांस्कृतिक र आर्थिक केन्द्रका रुपमा रुपान्तरण गरिने’ लक्ष्यका साथ आगामी वर्षको लागि नीति तथा कार्यक्रम बनाईएको छ । नगरपालिकालाई प्राप्त हुने स्रोत साधनको उच्चतम उपयोग गरि नगर क्षेत्रको आर्थिक, सामाजिक र भौतिक विकास गर्ने कार्यक्रम नगरपालिकाले ल्याएको छ । सार्वजनिक जग्गा, बाटो, तालतलैया, पार्क, वनजंगल, नदि र खोलानालाको संरक्षण गरि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम नगर प्रमुख भाटले प्रस्तुत गरेका छन् । ताराताल देखि राराताल सम्मको सम्वृद्धिको उदगम केन्द्रविन्दु यसै नगरपालिकालाई मानि वस्ती विकास र सडक पुर्वाधारका कार्यक्रम अगाडि बढाउने नीति छ ।

नगर भित्रका मासु पसल, तरकारी तथा हाटबजारलाई व्यवस्थित गरि स्वच्छ उपभोग्य वस्तुको आपुर्ति गर्ने योजना नगरपालिकाले ल्याएको छ । कृषि पशुपालनलाई व्यवसायीक तथा सम्मानित पेशाको रुपमा विकास गर्ने र गरिबी निवारण गर्ने, सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय, निशुल्क, प्रतिस्पर्धी र व्यवसायीक दक्ष प्राविधिक उत्पादन गर्ने । सरसफाई र फोहोर मैला व्यवस्थापन तथा ल्याण्डफिल्ड साइटलाई थप व्यवस्थित गरि सफा, स्वच्छ र सुन्दर मधुवन बनाउने नीति पालिकाले अगाडि सारेको छ । त्यसैगरी नगरपालिकाको वस्तुस्थिती झल्किने नगरपालिकाको प्रोफाइल तयार गर्ने आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाट, उप–प्रमुख अनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय