मधुवनमा दुईको मृत्यु र दुई बिरामी : अखाद्य वस्तु सेवन गरेको आशंका
शुक्रबार, असार ०८, २०८० मा प्रकाशित

बर्दिया,असार ८ (फरकसमाचार) / मधुवन नगरपालिकामा दुई दिनमा दुई जनाको मृत्यु र दुई जना बिरामी भएका छन् ।

मधुवन नगरपालिका–८ कृष्णफाँटाकी ७० वर्षिय गौरी राजीको बुधबार र ३५ वर्षिय कमला सुनारको बिहीबार मृत्यु भएको हो । त्यसैगरी सोही स्थानका ५६ वर्षिय जगत कुमारी गुरुङ्ग र ७५ वर्षिय जय बहादुर गुरुङ्ग बिरामी भएका छन् । बिरामी भएका श्रीमान श्रीमति हुन् ।

उनीहरुको बाँके शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए । डम्पीङ साइडमा फालिएको म्याद गुज्रिएको सेनिटाईजरको ग्यालेन ल्याएर सेवन गरेको आशंका छ । प्रारम्भिक अनुसन्धानबाट अखाद्य झोल पदार्थ सेवन गरेर दुईको मृत्यु र दुई जना बिरामी भएको आशंका गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर