बारबर्दिया नगरपालिकाले सार्वजनिक ग¥र्याे नीति तथा कार्यक्रम
आइतबार, असार १०, २०८० मा प्रकाशित

दिनेश ठाकुर

बर्दिया, असार १० / बारबर्दिया नगरपालिकाले आगामी वर्षको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बारबर्दिया नगरपालिकाले १३ नगर सभाबाट आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम शनिबार प्रस्तुत गरेको हो । बारबर्दिया नगरपालिकाको तेह्रौं नगर सभामा नगर प्रमुख छबिलाल चौधरीले आगामी वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगर प्रमुखको निर्देशनमा उप–प्रमुख रत्न पाण्डेले आगामी वर्षको नीति तथा कार्यक्रम वाचन गरेकी छन् ।

‘कृषि, उधोगर पर्यटनमा बृद्वि ः बारबर्दियाको समृद्वी, भन्ने मुल नाराकासाथ आगामी वर्षको लागि नीति तथा कार्यक्रम ल्याईएको छ । नगरपालिकाले नगरको समग्र विकास, स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई मध्यनगर गरि आगामी वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।

‘कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनुका साथै समग्र नागरिकको स्वास्थ्यमा सुधार गरि शिक्षालाई बैज्ञानिक, प्रतिस्पर्धी बनाई समग्र बारबर्दिया नगरलाई सामाजिक, शैक्षिक, सांस्कृतिक र आर्थिक केन्द्रका रुपमा रुपान्तरण गरिने’ लक्ष्यका साथ आगामी वर्षको लागि नीति तथा कार्यक्रम बनाईएको छ । सार्वजनिक जग्गा, बाटो, तालतलैया, पार्क, वनजंगल, नदि र खोलानालाको संरक्षण गरि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम नगर उप–प्रमुख पाण्डेले प्रस्तुत गरेकी छन् ।
ग्रिन नगर क्लिन नगर बनाउने र पुर्ण सरसफाइ नगरपालिका घोषणा गर्न आवश्यक कार्यक्रम संचालन गर्ने, नगरपालिका भित्र देखिएको सामाजिक समस्या बालबिवाह उन्मुलन गर्ने, कम्तिमा १० बिगाह क्षेत्रमा कृषि सिकाई केन्द्र स्थापना गर्ने नगरपालिकाको नीति तथा कार्यक्रमा राखिएको छ ।

टुहुरा असाय बालबालिकाहरुको संरक्षण केन्द्रमा राखि उनिहरुको पालनपोषण र शिक्षाको उचित ब्यवस्था मिलमउनको साथै उच्च शिक्षामा सहयोग तथा रोजगारमा सहयोग गर्ने, सहिद बिष्णुधनि शिक्षालयमा संचालित बन बिज्ञान संकायका अतिरिक्त तप पाँच प्राबिधिक संकाय यसै बर्षदेखि संचालन गर्ने नीति तथा कार्यक्रममा राखिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल चौधरी, उप–प्रमुख रत्न पाण्डे, प्रमुख प्रशासकीय अधिकृत अशोक कोइराला, कार्यपालिका सदस्य, वडा अध्यक्षहरु, कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय