दिनेश ठाकुर
बर्दिया,असार १० / गुलरियामा युवाहरुको लागि कानुनी साक्षरता सम्बन्धी १ दिने गाष्ठि सम्पन्न भएको छ । नगरपालिकाका युवाहरुको लागि कानुनी साक्षरतामा क्षमता अभिवृद्धी गर्ने उदेश्यले शनिबार गोष्ठिको आयोजना गरिएको हो । तालीममा गुलरिया नगरपालिका भित्रका ७५ जना नगरका युवाहरुको सहभागीता रहेको थियो ।
गुलरिया नगरपालिकाले आर्थिक सहयोग गरेको उक्त तालीममा अधिवत्ता लक्ष्मी नेपालले प्रशिक्षण दिएकी हुन् । एक दिन चलेको उक्त गोष्ठिमा सहभागीहरुलाई संघिय प्रदेश तथा स्थानिय संरचना तथा युवाहरुको काम कर्तब्य तथा हक अधिकार सम्बन्धी जानकारी गराइएको प्रशिक्षक नेपालले जानकारी दिईन् ।
युवाहरुलाई वडा तथा नगरमा हुने कानुनी कामहरुको बारेमा थप जनकारी गराइ सहज तरिकाले काम सम्पादन गर्न तालीमको आयोजना गरिएको नेपालले सुनाईन् ।
तेसैगरि उक्त गोष्ठिमा बाल्दै गुलरिया नगरपालिकाकी उप–प्रमुख साबित्रा गौतमले कानुन सबैले बुझ्नु पर्ने भएकाले युवाहरुलाई तालिम दिईएको बताइन् । युवाहरूलेनै अब देश चलाउने भएकाले पालिका लगाएत सबै स्थानमा निगरानि तथा खबरदारि गर्नुपर्ने बताईन् । कानुन राम्रोसंग बुझेर समाजमा लागु गर्नु पर्ने, हामीले नगरे कसले गर्ने भनेर गौतमले भनिन् ।
सम्पुर्ण नगरबासिहरुले कानुनको बारेमा जानकारी राख्नु पर्ने गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहले बताए । नगरपालिकालाई खबरदारि गर्नपनि कानुन जान्नुपर्ने उनको भनाई थियो ।
प्रदेश संघ र स्थानिय निकायको संरचनाको बारेमा जानकारी गराउन तालिमको आयोजना गरिएको फेस नेपाल बर्दियाका अध्यक्ष शोभाकान्त पौडेलले बताए । स्थानिय सरकारले स्थानिय न्यायक समितिमा कस्ता कस्ता किसिमका छलफल गर्ने र लागू औषध दृब्र्यवसनि सम्बन्धि कस्ता किसिमका कानुनहरु छन् ।