ठुुलो परिमाणको लागु औषधसहित भारतीय पक्राउ
सोमबार, असार ११, २०८० मा प्रकाशित

बर्दिया, असार ११(फरकसमाचार) / अहिले सम्मकै ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२ फुटाहा स्थितबाट भारत जिल्ला बहराईच थाना मोतिपुर अच्कवा बस्ने २५ वर्षिय मनोज कुमारलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

हाफ पाईन्टको प्लाष्टिकमा पोका बनाई राखेको ९८ ग्राम २ सय ८० मिलिग्राम लागु औषध बरामद भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले बताए । लागु औषधको यो परिमाण अहिलेसम्मकै ठुलो हो । उनलाई प्रहरीले नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट १० दिन म्याद थप गरि लागु औषध मुद्दामा थप अनुसन्धान भईरहेको डिएसपी बोहराले जानकारी दिए ।

लागु औषधको कारोबार भईरहेको विशेष सुचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । भारत तर्फबाट शंकास्पद रुपमा पैदल आईरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा उनले लगाएको हाफ पाईन्टको खल्तिबाट लागु औषध बरामद भएको हो । लागु औषध नियन्त्रण ब्युरो नेपालगंज बाँके र ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतीय नागरिकलाई नियन्त्रण लिन सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय