गुलरियाको शिक्षा निति अब्बल
सोमबार, असार ११, २०८० मा प्रकाशित

बर्दिया, असार ११ (फरकसमाचार) / गुलरिया नगरपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । निति तथा शैक्षिक कार्यक्रममा अन्य बिषय बस्तु भन्दा शिक्षालाई प्राथामिकता दिएको पाईएको छ । बिगत देखि नै शिक्षा नितिलाई प्राथामिकता नदिँदा जिल्लाको पालिकामा थोरै अंकले पछि परेको प्रक्षपेशण गरिएको छ । शिक्षाको बजेटमा पूर्वाधार विकाससँगसगै शिक्षामा छात्र र छात्रालाई प्रतिस्पर्धामा उतार्ने खालको निति अबलम्बन गरेको पाईएको छ ।

यति बेला जिल्लामा रहेका पालिकामा निति तथा कार्यक्रम गर्ने चटारो छ । तर गुलरियामा भने छात्र वा छात्राको बृति विकासका लागि त्रैमासिक परिक्षा कार्यक्रम अघि सारेको छ । गुलरियाका शिक्षा शाखा प्रमुख सतिस यादवले छात्र वा छात्राको बृति विकासका लागि प्रतिस्पर्धामा अब्बल हुनु पर्ने बताउँछन् ।

उनका अनुसार बिद्यार्थी कक्षामा ट्यालेन्ट हुन्छ परिक्षामा प्राप्त अंक न्यून आउँने गरेको देखिन्छ । यस बर्षको निति कार्यक्रममा प्रतिस्पर्धामा समेत बिद्यार्थीले अब्बल अंक प्राप्त गर्न पर्ने बिषयलाई जोड दिएको यादवले जानकारी दिए । खेलकुद, बिद्यालयको पूूर्वाधार, व्यबहारिक ज्ञान लगायतका बिषयमा निति कार्यक्रममा जोड दिएको उल्लेख गर्दै प्रतिस्पर्धामा बिद्यार्थी आउँन सके मात्र बिद्यार्थी सफल हुने उनले धारणा राखे । नगर प्रमुख मुक्तिनाथ यादवले वाचन गरेको निति तथा कार्यक्रममा माध्यमिक तह सम्मका बिद्यार्थी वडा वाईच प्रतिस्पर्धामा गराउँनु पर्ने महत्वपूर्ण बिषय उल्लेख गरिएको छ ।

यो बुदा जिल्लाको शिक्षा क्षेत्रमा उदारहणिय देखिएको छ । अबको शैक्षिक शस्त्र सुरुवातमै वडामा रहेका बिद्यालयले बिद्यार्थीलाई प्रतिस्पर्धामा उतारेर पालिकालाई बुझाउँनु पर्ने शिक्षक र अभिभावकलाई चटारो थपिएको छ । वडाबाट प्रतिस्पर्धामा आएका मेधाबी बिद्यार्थी पालिकाको रेर्कडमा देखिने गरी शिक्षा कार्यक्रममा अघि बढाएको छ । राम्रो र मेधाबी बिद्यार्थी बिपन्न भएमा उसलाई उच्च शिक्षाका लागि पालिकाले प्रबन्ध मिलाउँन सक्ने छ ।

बिपन्न बिद्यार्थी उच्च शिक्षा पढनबाट बन्चित नहुने गरी यो निति अबलम्बन गर्न अपरिहार्य भएको शिक्षा शाखा प्रमुख यादवको भनाई छ । पढाई राम्रो हुने बिद्यार्थी त्रैमासिक परीक्षाको प्रतिस्पर्धामा उत्र्तीण हुँदा मेधाबि बिद्यार्थी बन्ने रहरले पालिकामा छात्र र छात्राको पढाईमा उत्साह आउँने यादवले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय