लागु औषध दुव्र्यसनी विरुद्ध जनचेतना फैलाउँदै प्रहरी
बुधबार, असार १३, २०८० मा प्रकाशित

बर्दिया, असार १३ (फरकसमाचार) / लागु औषध दुव्र्यसनी विरुद्धमा प्रहरीले सप्ताह व्यापी रुपमा व्यापक जनचेतना मुलक कार्यक्रम गरेको छ । लागु औषध दुव्र्यसनी विरुद्धको सचेतना मुलक कार्यक्रमसहित प्रहरी बस्ती, विद्याललगायत सार्वजनिक ठाउँ पुगेको हो । लागु औषध नियन्त्रण गर्ने उदेश्यले प्रहरीले भर्खरै सप्ताह व्यापी रुपमा सचेतना मुलक कार्यक्रम गरेको छ ।

पछिल्लो समयमा लागु औषधका घटना बढ्दो क्रममा छ । गतको वर्ष भन्दा चालु आर्थिक वर्षमा लागु औषधका घटना बढेको तथ्यांक जिल्ला प्रहरी कार्यालले देखाएको छ । गत वर्षमा लागु औषधका ३३ वटा मुद्दा दर्ता भएको थियो भने चालु आर्थिक वर्षको साउन देखि जेठ मसान्तसम्म ५२ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले बताए । ‘हालसम्म ४३ वटा मुद्दा फछ्र्यौट भईसकेको छ’ डिएसपी बोहराले भने,‘अझै ९ मुद्दा फछ्र्यौट हुन बाँकी छ ।’

लागु औषध दुव्र्यसन नियन्त्रणको लागि प्रहरीले हातेमालो गरि अघि बढेको छ । लागु औषध नियन्त्रणको लागि समुदायमा व्यापक जनचेतना मुलक कार्यक्रम गरेको डिएसपी बोहराले जनाए । अन्तर्राष्ट्रिय लागु औषध विरुद्धको दिवसको अवसरमा सप्ताहव्यापी जनचेतनाका कार्यक्रम भएका छन् ।
जिल्ला प्रहरी कार्यालय र गुलरिया नगरपालिकाको आयोजना र विभिन्न संघसंस्थाको साझेदारीमा गुलरिया नगरपालिका–६ स्थित राधाकृष्ण चोकमा सोमबार औषध दुव्र्यसनी विरुद्ध सडक नाटक प्रदर्शन गरिएको छ ।

लागु औषधका घटना न्युनिकरणको लागि सडक नाटक प्रभावकारी बन्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले विश्वास व्यक्त गरे ।
गुलरिया नगरपालिका भारतसंग खुल्ला सिमा जोडिएकोले लागु औषध ओसार पसार गर्न सजिलो भएको गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले बताईन् । लागु औषध दुव्र्यसनी रोक्न अभिभावक, शिक्षकलगायत सिङगो समुदाय नै चनाखो हुनु पर्ने उप–प्रमुख गौतमले सुझाईन् ।

लागु औषध दुव्र्यसनी विरुद्ध सडक नाटक सुर्योदय सांस्कृतिक प्रतिष्ठानले प्रदर्शन गरेको थियो । नाटकमा लागु औषध दुब्र्यसनीमा युवाहरु कसरी फस्छन्, यसले समाज र घर परिवारमा पार्ने असरको बारेमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय