नागरिकता सेवामा आज देखि जोर विजोर प्रणाली लागु
शुक्रबार, असार १५, २०८० मा प्रकाशित

बर्दिया,असार १५ (फरकसमाचार) / नागरिकता सम्बन्धी सेवामा जिल्ला प्रशासन कार्यालयले आज (शुक्रबार) देखि जोर विजोर प्रणाली लागु गरेको छ । गुलरिया नगरपालिका भित्रका सेवाग्राहीको लागि आज देखि जोर विजोर प्रणाली लागु भएको सुचना मार्फत जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।

नागरिकता ऐन(संशोधन सहित),२०६३ र नागरिकता नियमावली,(संशोधन सहित) २०६३ लाई कार्यान्वयन गर्ने सन्दर्भमा नेपाली नागरिकताको प्रमाण पत्र लिने सेवाग्राहीहरुको संख्या अत्यधिक बढेको प्रशासन कार्यालयले जनाएको छ । नागरिकता सेवा लिने सेवाग्राहीको संख्या बढ्दा सेवा दिन असहज भएको छ ।

नागरिकता सेवालाई व्यवस्थित गर्नको लागि प्रशासनले जोर विजोर प्रणाली लागु गरेको छ । यो प्रणाली गुलरिया नगरपालिकाको लागि मात्र हो । नागरिकता सेवा लिन जाँदा जोर दिनमा जोर वडा र विजोर दिनमा विजोर वडाका सेवाग्राहीलाई मात्र नागरिकता सम्बन्धि सेवा दिइने सुचना मार्फत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय