बर्दिया,असार २४ (फरकसमाचार) / चोरी भएको दुई सरकारी कार्यालयका मोटरसाईकलसहित तीन नाबालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकल चोरी गरेको आरोपमा राजापुर क्षेत्रबाट तीन नाबालकहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । राजापुर नगरपालिका र जिल्ला समन्वय समितिको सेतो प्लेटको मोटरसाईकल शनिबार बिहान ३ बजेको समयमा चोरी भएको थियो ।
सरकारी मोटरसाईकलसहित तीन नाबालकहरुलाई प्रहरीले नियन्त्रणमा लिईसकेको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक जय नेपाल थापाले बताए । ‘राजापुर नगरपालिकाको सेतो प्लेटको भे १ बा ९८६ र जिल्ला समन्वय समितिको भे १ बा १६६४ नंम्बरको मोटरसाईकल राजापुर क्षेत्रबाट चोरी भएको जानकारी प्राप्त हुनसाथ खोजतलासमा प्रहरी परिचालन भएको थियो’ प्रहरी निरीक्षक थापाले भने,‘खोजतलासको क्रममा दुई वटै सरकारी मोटरसाईकलसहित तीन जना १८ वर्षमुनिका बालकहरुलाई नियन्त्रणमा लिएका छौं ।’
मोटरसाईकल चोरीमा संलग्न अझै तीन जना फरार छन् । उनीहरुलाई पनि नियन्त्रणमा लिन प्रहरी परिचालन भईसकेको प्रहरी निरीक्षक थापाले जनाए ।