बर्दिया,असार २५(फरकसमाचार) / भारतबाट भन्सार छली ल्याईएको दुई लाख बढीको अबैध सामान प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिकाको मथुरा, गणेशपुर र बढैयाताल गाउँपालिकाको शितलाबजार स्थितबाट प्रहरीले शुक्रबार अबैध सामान बरामद गरेको हो ।
प्रहरीका अनुसार मुल्य रु २ लाख ४१ हजार ३ सय ७० बराबरको अबैध सामान बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गस्ती र चेकजाँच गर्ने क्रममा भारतबाट ल्याईएका अबैध सामान बरामद भएको जनाईएको छ ।
स्टेशनरी तथा किराना सामानसहित सामान ल्याउन प्रयोग गरिएका ६ वटा साईकल बरामद भएको छ । बरामद सामान कारवाहीको लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।