बर्दिया,असार २६ (फरकसमाचार) / एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयबाट सोमबार दिउँस मोटरसाईकल चोरी भयो । मोटरसाईकल चोरी खबर पाएको प्रहरी बजार क्षेत्रका अधिकांश सिसिटिभि फुटेज चेक गर्दा हुलिया पत्ता लगाएपनि चोर भने समाउन सकेन । यस्तै,बढैयाताल गाउँपालिकामा सोमवार दिउँस एउटा निजी पल्सर मोटरसाईकल चोरी भएको छ ।
मोटरसाईकल पत्ता लगाउँन प्रहरी परिचालित छ । यस्ता घटना दिनदिनै घटन थालेपछि स्थानीय चिन्तित बनेका छन् । दुई दिन अघि चोरी भएको दुई सरकारी कार्यालयका मोटरसाईकलसहित तीन नाबालकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
मोटरसाईकल चोरी गरेको आरोपमा राजापुर क्षेत्रबाट तीन नाबालकहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । राजापुर नगरपालिका र जिल्ला समन्वय समितिको सेतो प्लेटको मोटरसाईकल शनिबार बिहान ३ बजेको समयमा चोरी भएको थियो । सरकारी मोटरसाईकलसहित तीन नाबालकहरुलाई प्रहरीले नियन्त्रणमा लिईसकेको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी निरीक्षक जय नेपाल थापाले बताए ।
चोरी कार्यमा चोर सफल हुन नगर क्षेत्रमा सिसिटिभि कभरेज नभएको प्रहरीले औल्याएको छ । यि सामान्य घटनाका बाहेकका अप्रिय घटना घटाउँन यस्तै गरि अपराधिक गतिबिधिमा संलग्न मनोबल बढ्दै जाने गुलरिया बजार क्षेत्रमा जोखिम बढेको छ । ८२ किलोमिटर खुला सिमामा हुने तस्करी,चोरी पैठारी दिनदिनै बढदै गएको रेर्कडमा देखिन्छ । सीमावर्तीमा भारतीय बजारबाट सामान भन्सार छलेर ल्याउँने गिरोह पनि सक्रिय रहेको स्थानीय बताउँछन् ।
सरकारले सय रुपैयाको सामान किन्दा प्रज्ञापन पत्र जारी निर्देशन गरेपनि सीमा क्षेत्र भन्सार छलेर सामान नेपाल भित्राउँन गिरोह सक्रिय देखिएका छन् । ‘राजापुर नगरपालिकाको सेतो प्लेटको भे १ बा ९८६ र जिल्ला समन्वय समितिको भे १ बा १६६४ नंम्बरको मोटरसाईकल राजापुर क्षेत्रबाट चोरी भएको जानकारी प्राप्त हुनसाथ खोजतलासमा प्रहरी परिचालन भएको थियो’ प्रहरी निरीक्षक थापाले भने,‘खोजतलासको क्रममा दुई वटै सरकारी मोटरसाईकलसहित तीन जना १८ वर्षमुनिका बालकहरुलाई नियन्त्रणमा लिएका छौं ।’ मोटरसाईकल चोरीमा संलग्न अझै तीन जना फरार छन् ।