प्रशासनले संचालनमा ल्यायो विद्युतीय गुनासो पेटिका
बिहिबार, असार २८, २०८० मा प्रकाशित

बर्दिया,असार २८ (फरकसमाचार) / जिल्ला प्रशासन कार्यालय बर्दियाले विद्युतीय गुनासो पेटिका संचालनमा ल्याएको छ । सेवाग्राहीले आफ्ना गुनासो सुझाव राख्न सहज होस् भन्ने अभिप्रायले प्रशासनले विद्युतीय गुनासो पेटिका संचालनमा ल्याएको हो ।

प्रशासनले विद्युतीय गुनासो पेटिका संचालनमा ल्याएपछि अब सेवाग्राहीले हातले लेखेर कार्यालयमा पुगेर गुनासो पेटिकामा राख्नुपर्ने बाध्यता हराएको छ । अब प्रशासन कार्यालयले दिने सेवा सम्बन्धि गुनासो, अन्य सरकारी तथा गैरसरकारी कार्यालयका गुनासो सजिलै राख्न सकिन्छ । गुनासोको लागि अब सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय पुग्नु पर्दैन । जहाँबाट पनि डिजिटल प्रविधिबाट जिल्ला प्रशासनमा गुनासो गर्न सकिने व्यवस्था प्रशासनले गरेको छ ।

सार्वजनिक उत्तरदायित्वको एउटा माध्यमको रुपमा प्रत्येक कार्यालयहरुमा गुनासो पेटिका राख्नु पर्ने व्यवस्था छ । सूचना प्रविधीको विकास भएसँगै हाम्रा गुनासो गर्ने माध्यमहरु पनि परिवर्तन भएका छन् । विद्युतीय गुनासो पेटिकामा आउने गुनासो तथा सुझावहरु सिधै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले हेर्ने सुचनामार्फत जनाईएको छ ।

उजुरीकर्ता वा गुनासोकर्ताको विवरण गोप्य राखिनेछ । बर्दिया जिल्लाका सरकारी सेवा प्रदायकहरुको सेवा सुधारको यस अभियानमा जोडिएर गुनासो राख्ने वा सुझाव दिनहुन प्रशासन कार्यालयले सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय