हत्या गरेको अभियोगमा यादव कारागार चालन
शुक्रबार, असार २९, २०८० मा प्रकाशित

बर्दिया,असार २९ (फरकसमाचार) / महिलाको हत्या गरेको अभियोगमा पुर्पक्षको लागि एक जनालाई कारागार चलान गरिएको छ । गुलरिया नगरपालिका–१ का ४१ वर्षिय प्रकाश भन्ने ओम प्रकाश यादवलाई बिहीबार अदालतको आदेशले पुर्पक्षको लागि कारागार चालन गरिएको हो । गत चैत २१ गते गुलरिया नगरपालिका–४ जब्दिघाट स्थित भादा नदिमा पहिचान नखुलेको चिन्न नसकिने महिलाको शव फेला परेको थियो ।

हुलिया, मृतकको शरिरमा भएका कपडा, गरगहना तथा अन्य सामानले मृतकको आफन्तले पहिचान गरेका छन् । राजापुर नगरपालिका–७ घर भई हाल गुलरिया नगरपालिका–२ की ३० वर्षिय सन्जु धोबी भएको असार १ गते मृतकको आफन्तले सनाखत गरेका थिए । प्रहरीको अनुसन्धानबाट यादवले गत कात्तिक २१ गते धोबीलाई मारेर फालेको खुलेको छ ।

यादवले हत्या गरेको खुलेपछि प्रहरीले असार १ गते यादवलाई नियन्त्रणमा लिएको र अदालतको आदेशले पुर्पक्षको लागि बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर