बर्दिया,असार ३१(फरकसमाचार) / लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ लालपुर बस्ने ४८ वर्षिय नादिर हुसेन शेषलाई शुक्रबार लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
बाँसगढी नगरपालिका–७ चौधरीयापुर स्थितबाट शेषलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शेषको साथबाट खैरो धुलो पदार्थ जस्तो देखिने लागु औषध ४.५० ग्राम बरामद भएको छ ।
शेषलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शेषलाई ईलाका प्रहरी कार्यालय मोतिपुरको हिरासतमा राखिएको छ ।