बर्दिया, साउन ३ /लुम्बिनि प्रदेशका मूख्य मन्त्री डिल्ली थारुले मुक्तकमैया दिवस अवसरमा अर्को बर्षको बजेटमा मुक्तकमैयाले जग्गा पाउँने आश्वसान दिएका छन् । कमैया मुक्त भएको दुई दशक बितिसक्दा समेत बर्षेनि नेताहरुले दिने आश्वासन जस्तै गरी राजापुरमा आयोजित कार्यक्रममा मूख्य मन्त्री चौधरीले फेरी पनि सरकारले जग्गा दिने आश्वासन दिएका हुन ।
राजापुर नगरपालिकाको छेदिया वस्ती नजिक रहेको चौरमा मंगलवार मुक्ती दिवसको अवसरमा आयोजित कार्यक्रममा चौधरीले व्यबस्थापन हुन बाँकी मुक्तकमैयालाई लुम्बिनी प्रदेश सरकारले जग्गा दिएर व्यबस्थापन गर्ने घोषणा गरे । मूख्य मन्त्री चौधरीले बेस संस्थाका पूर्व अध्यक्ष रहदा मुक्तकमैयाको अवस्था बारे जानकार रहेको समेत उनले बताएका छन् ।
बेस संस्थाको अध्यक्ष रहदा चौधरीले मुक्त कमैया, शिक्षाका क्षेत्रमा ठूलो लगानी भित्राएर बिदेशी दातृ निकायको लागनीमा काम गरिसकेका छन् । ‘लुम्बिनी सरकारले बाँकी मुक्त कमैयाको व्यबस्थापन गर्छ’मूख्य मन्त्री चौधरीले सम्बोधन गर्ने क्रममा भने,‘ढुक्क रहनुस लुम्बिनी सरकारले जग्गा दिलाएर छाडछ ।’ सम्बोधन गर्ने क्रममा थारुले बनाउँने परिकारलाई ब्रान्डिङ गरेर देश बिदेशमा वेचेर आम्दानी बढाउने बताए । मुक्तकमैयाको श्रम बजारमा वेच्न सक्ने गरी क्षमता अभिबृद्धि गर्ने लुम्बिनी सरकारले योजना बनाएको समेत उनले सुनाए ।
‘आफ्नो श्रमले उत्पादन गरेको बस्तु लोकल बजारमा मात्र वेचेर पुग्दैन’उनले थारु लवजमा भने,‘यसलाई काठमाडौमा बेच्न सके मात्र श्रम र सिपको उचित मूल्य पाउँने भएकाले आफु प्रयासरत छु ।’ प्रजातन्त्र आएर नै मुक्त कमैया मुक्ति दिवस खुलेर मनाउँन पाएको समेत उनले स्मरण गराए । बर्दियामा दश हजार बढि मुक्त कमैयाको व्यबस्थापन भईसकेको मुक्त कमैयाका अभियन्ता दुख राम थारुले बताए ।‘हामीहरुको तथ्याकमा व्यबस्थापन हुनु पर्ने मुक्तकमैयाको संख्या धेरै छ’उनले भने,‘सरकारको रेर्कडमा तीन सय मात्र बाँकी छ ।’स्रोत नागरिकन्युज