दुई लाख युवालाई रोजगारी दिन्छौ : मुख्य मन्त्री डिल्ली चौधरी
बुधबार, साउन ०३, २०८० मा प्रकाशित

बर्दिया,साउन ३ (फरकसमाचार)/ दुई लाख युवा र युवतीहरुलाई रोजगारी दिने घोषणा लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले गरेका छन् । नेपाल प्रेस युनियन बर्दियाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दुई लाख युवा र युवतीलाई लुम्बिनी प्रदेश सरकारले रोजगारी दिने गरि अघि बढेको मुख्य मन्त्री चौधरीले घोषणा गरेका हुन् ।

मुख्य मन्त्री चौधरीका अनुसार विकास भनेको सबैलाई कमाउने बनाउनु हो । ‘लुम्बिनी प्रदेश भाग्यभानी प्रदेश हो’ मुख्य भन्त्री चौधरीले भने,‘हाम्रो प्रदेशमा विभिन्न जातजातिको बसोबास छ ।’ हामी कहाँ लुकेर रक्सी बनाउने र खुलेर खाने चलन छ । गुरुङ्ग, मगर, थारु, राई र लिम्बुहरुले उत्पादन गर्ने रक्सीलाई ब्रान्डिङ्ग गरि ५ प्रतिशतले बृद्धि गर्ने हो भने रोजगारीको अवसर उत्पादन हुन्छ ।

नेपालमा हामीले जानेका सीप उपयोग गर्ने हो भने सरकारलाई खर्बौ राजश्व प्राप्त हुने मन्त्री चौधरीले सुनाए । बर्दियामा धेरै केरा खेती हुन्छ । केरालाई कसरी लिक्युड पदार्थमा कसरी परिणत गर्ने, मःमः ब्रान्डिङ्ग, अन्दी धानको झोल ब्रान्डिङ्ग गर्ने मुख्य मन्त्री चौधरीले जिकिर गरे । वन्यजन्तु मानव बिचको द्वन्द्व न्युनिकरण गर्न ईलेक्ट्रिक चुलो वितरण, वनमा घाँस काट्न नजाने गरि कुखुरापालन जस्ता कार्यक्रम गर्ने छ ।

अहिलेको प्रदेश सरकारले विभिन्न जातजातिलाई समेट्ने गरि बजेट ल्याएको छ । गन्धर्भ, वादी, बालुवा चाल्ने, पासी, बडघर र कल्चर कलस्टर अनुसार बजेट छ । ठाकुरद्वारालाई मल्टीकल्चर, ठाकुरद्वारा देखि मनाउँ स्काई ब्रिजको कल्पना सरकारले गरेको छ । स्थानीय उत्पादनलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर टेक्निकल सपोर्ट र कच्चा पदार्थ उपलब्ध गराएर रोजगारीको अवसर सिर्जना गर्ने विभिन्न सम्भावना रहेको मन्त्री चौधरीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर