उद्यमी बनाउन युवतीहरुलाई तीन महिने तालिम सुरु
बिहिबार, साउन ०४, २०८० मा प्रकाशित

बर्दिया, साउन ४ (फरकसमाचार) / युवतीहरुलाई उद्यमी बनाउने उदेश्यले तीन महिने तालिम सुरु भएको छ । मधुवन नगरपालिका अन्र्तगतका १८ देखि २४ वर्षका १५ जना युवतीहरुलाई उद्यमी बनाउन तीन महिने तालिम मंगलबार देखि सुरु भएको हो ।

प्लान इन्टरनेशनल नेपालको सहयोग, बिग्रुपको साझेदारी र मधुवन नगरपालिकाको समन्वयमा बाल विवाह न्युनिकरण परियोजनाले युवतीहरुलाई उद्यमी बनाउन तीन महिने तालिम सुरु गरेको छ । छनौट भएका १५ जना युवतीहरुलाई परियोजनाले यस अघि पाँच दिने क्षमता अभिबृद्धि तालिम दिईसकेको छ ।

आर्थिक रुपले कमजोर, दलित र समाजिक रुपमा विभेदमा परेका युवतीहरुलाई उद्यमी बनाउने उदेश्यले तालिम सुरु भएको बाल विवाह न्युनिकरण परियोजना मधुवनकी फिल्ड सुपरभाईजर सुनिता चौधरीले बताईन् ।

मधुवन नगरपालिका अन्र्तगत पेन्टिङ, मेसन, दूध डेरी, प्लम्बिङ र सुरक्षा गार्ड तालिम रहेको थियो । जसमा १० जना सुरक्षा गार्ड र ५ जना युवतीहरु खाजा नास्ता तथा डरी तालिममा सहभागिता जनाएका छन् । तीन महिने सीप विकास तालिम पछि सहभागी युवतीहरु पुर्ण रुपमा उद्यमी वा व्यवसायी बन्ने विश्वास गरिएको छ ।नेशनल मानस विकास टेक्निकल इन्स्टियूट प्रालिले तालिम दिईरहेको जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय