बढैयाताल गाउँपालिकाले ग¥यो वार्षिक समिक्षा
शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित

ज्ञानेन्द्र पोखरेल

बर्दिया,साउन ५/ बढैयाताल गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको वार्षिक समिक्षा गरेको छ । गाउँपालिकाले २०८० अषाढ मसान्तसम्म सम्पन्न गरेको कामको वार्षिक समिक्षा बुधबार गरेको हो ।

बढैयाताल गाउँपालिकाले आब २०७९/०८० मा बढैयाताल गाउँपालिकाको कुल बजेट रु ८७ करोड ३७ लाख २८ हजार रहेकोमा ९१ करोड ५ लाख १३ हजारको संसोधित बजेट कायम भएको थियोे । जसमा चालू तर्फबाट ३१ करोड ६३ लाख २३ हजार नौ सय अठासि (६४.८७% ) र पुजिगत तर्फ कुल खर्च १७ करोड ५ लाख ८० हजार ३ सय १८ रुपैया (४०.०४ %) खर्च भएको बिवरण पेश गरिएको छ ।

आब २०७९/०८० मा आन्तरिक स्रोतबाट आम्दानी ११ करोड ६ लाख १० हजार हुने अनुमान गरि बजेट बनाईएकोमा अपेक्षा गरिएको भन्दा निकै कम आम्दानी भएकोले आन्तरिक स्रोतबाट गरिने धेरै कार्यक्रम कार्यान्वयन हुन नसकेकोले बिकाश निर्माणमा प्रत्यक्ष असर परेको जानकारी गराईएको छ । सबै शाखाले प्रस्तुतीकरण गरेका आब २०७९÷०८० अषाढ मसान्तसम्म भए गरेका काम तथा कार्यक्रममा उठेका प्रश्नहरुको जबाफ गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठि, उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारी, कार्यकारी प्रमुख दान बहादुर ऐडि र शाखाका प्रमुखहरूले जबाफ दिएका थिए ।

बढैयाताल गाउँपालिकाका आब २०७९/०८० मा भएका ठुला योजनाहरुको काम समयमा सम्पन्न नभएको हुँदा गाउँसभाका सदस्यहरूले असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय