सधै बुवाको चिन्ता लिने छोरा क्वालालुम्पुर अस्पतालमा बन्धक
शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित

बर्दिया,साउन ५ (फरकसमाचार) / फोनको माध्यमबाट भएपनि बुवाको अत्यन्तै ख्याल राख्ने छोरा अहिले मलेसियाको क्वालालुम्पुर अस्पतालमा बन्धक छन् । अघिल्लो सातासम्म फोनमा हाल खबर सोध्ने छोराको आवाज सुन्न बुवा भगवान्को नाम जब्दै बसेका छन् । बुवा चिन्ता नगर्नु, समयमा खाना खानु, आफ्नो ख्याल गर्नु म दशैंमा घर आउँछु भनेर फोनमा कुरा गर्ने छोराको आवाज सुन्न बुवा यति बेला आतुर छन् । बुधबार गुलरिया गणेशमान चोक नजिक पहेलो वस्त्रमा भेटिएका बारबर्दिया नगरपालिका–९ कतार्नियाका श्याम बैरागी भन्ने सोमला थारु निकै दुखी देखिन्थे । उनको अनुहारमा मलिनता छाएको थियो । ‘छोरा सानै छँदा उसको आमाको मृत्यु भयो’ थारुले भने,‘छोरालाई नेपालगंजमा राखेर बोडिङ्ग स्कुलमा कक्षा ८ सम्म पढाएँ ।’

भएको एउटा मात्र छोरा हो । वैदेशिक रोजगारमा रहेको छोरा बिरामी हुँदा अस्पतालमा भर्ना भयो । मलेसियाको क्वालालुम्पुर अस्पतालको उपचार खर्च तिर्न नसक्दाँ बन्धक बनेको छ । म साधुसन्त मान्छे म संग धनसम्पत्ति केही पनि छैन । छोरालाई स्वदेश फर्काउन प्रशासन धाएको छु । रुदा रुदै म पागल जस्तै भएको छु । मेरो छोरालाई स्वदेश फर्काउन सहयोगी मन समक्ष बिनम्र अनुरोध गर्दै हिडेको छु । स्वदेश फर्काउन रुदै चारैतिर सहयोगको गुहार लगाउँदै भौतारिएको थारुले सुनाए । छोरा बिदेशिएको ठ्याक्कै वर्षसमेत थाहा नभएको थारुले सुनाए ।

आन्दाजी करिब आठ दश वर्ष पहिला मलेसिया गएको छोरा राधेश्याम थारु यस वर्ष घर फर्किने तयारमा रहेको अघिल्लो साता फोन मार्फत सुनाएको थियो । लामो समय नभेटेको छोरा यस वर्ष आउने खबरले निकै खुसी भएको थिए । तर दबैको लिला दुई तिन दिनमै छोरा अचेत अवस्थामा मलेसियाको क्वालालुम्पुर अस्पतालमा भर्ना रहेको उसको साथी देव मिश्राले सुनायो । दुई दिन अघि फोनमा राम्रोसंग बोलेको छोरा एक्कासी अचेत रहेको खबरले म जिउँदो लाश जस्तै भएको थिए । छोराको साथी मिश्राका अनुसार छोरा बिरामी भई अस्पतालमा ६ हजार रिन्गेट तिर्नुपर्ने छ । छोराको उपचारपछि अलि निको भएको खबर पाएँको छु । छोराको साथीले उपचार खर्च पठाउन भनेको छ ।

मेरो आर्थिक स्थिती राम्रो छैन । बिदेशमा बन्धक परेको छोरालाई स्वदेश फर्काउने काममा सघाँउन सम्पुर्ण सहयोगी मनकारी मनहरुलाई थारुले अनुरोध गरेका छन् । अस्पतालको खर्च व्यहोर्न नसकी बिदेशको अस्पतालमा बन्धक परेका थारुलाई स्वदेश फर्काउन सहयोग गर्ने मनकारी मनहरुले उनको बुवाले चलाउने मोबाईल नंम्बर ९८०४५०५६८८ मा सम्पर्क गरि सघाँउन सकिन्छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सहजीकरण तथा समन्वयको लागि बैदेशिक रोजगार बोर्ड बबरमहल काठमाडौंलाई पत्राचारसमेत गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय