गुलरिया नगरपालिकाले कक्षा ११ र १२ निशुल्क गर्यो
शनिबार, साउन ०६, २०८० मा प्रकाशित

बर्दिया,साउन ६(फरकसमाचार) / गुलरिया नगरपालिकाले कक्षा ११ र १२ निशुल्क पठनपाठनको व्यवस्था गरेको नगर प्रमुख मुक्तिनाथ यादवले घोषणा गरेका छन् । आधारभूत तह स्थानीय पाठ्यक्रम ‘गुलरिया गाथा’को पाठ्य सामाग्री लोकार्पण कार्यक्रममा शुक्रबार नगर प्रमुख यादवले कक्षा ११ र १२ निशुल्क पठनपाठनको व्यवस्था गरेको घोषणा गरेका हुन् । ‘यस अघि गुलरिया नगरपालिका अन्र्तगतका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरुले मासिक रुपमा फि बुझाउनु पथ्र्यो’नगर प्रमुख यादवले भने,‘अब देखि पुर्ण रुपमा फ्रिमा पढाई हुनेछ ।’ यसलाई आगामी दिनमा निरन्तरता दिने नगर प्रमुख यादवले प्रतिबद्धतासमेत जनाए ।

गुलरिया नगरपालिका अन्र्तगत आधारभूत तहमा स्थानीय पाठ्यक्रम ‘गुलरिया गाथा’को पाठ्य सामाग्री लोकार्पण गरेका नगर प्रमुख यादवले बताए । ‘लोकार्पण गरिएको गुलरिया गाथा पाठ्य सामाग्रीले नगरपालिकाको वस्तु स्थिती समेटेको छ’ नगर प्रमुख यादवले भने,‘नगरभित्र रहेको धार्मिक, सांस्कृति, स्थानीय कला, ऐतिहासिक परम्परा, पुरातात्विक तथा पर्यटकीय स्थान समेटिएको छ ।’ गुलरिया नगरपालिका अन्र्तगतको विद्यालयहरुको रिजल्ट सुधार गर्न सम्पुर्ण शिक्षकहरुलाई अनुरोध गरे । विद्यालयलाई आवश्यक पर्ने सम्पुर्ण चिज नगरपालिकाले उपलब्ध गराउँन तयार छ । विद्यालयको रिजल्ट राम्रो ल्याई गुलरिया नगरपालिकालाई जिल्लामा पहिलो बनाउन नगर प्रमुख यादवले विद्यालयका प्रधानाध्यापकहरुलाई आग्रह गरेका छन् ।

‘विकास सम्वृद्धि र संरक्षण,हाम्रो प्रतिबद्धता हाम्रो अभियान’ भन्ने नारासहित गुलरिया नगरपालिका अन्र्तगत आधारभूत तह(कक्षा १–८) स्थानीय पाठ्यक्रम ‘गुलरिया गाथा’को लोकार्पण गरेको शिक्षा,युवा तथा खेलकुद शाखाका अधिकृत सतिस यादवले बताए । ‘यस पाठ्यक्रमले यहाँका बालबालिकालाई गुलरिया नगरपालिका के हो, आवश्यकता र सम्भावनाहरुलाई देखाउछ’ अधिकृत यादवले भने,‘यस पाठ्यक्रम सामाग्रीले गुलरिया नगरपालिकाको यर्थाथ चित्रण गरि यहाँको सम्भावना देखाएको छ ।’ प्रत्येक बालबालिकालाई आफ्नो पालिका भित्रको आधारभूत कुरा थाहा हुन जरुरी छ । धार्मिक संस्कृतिको बारेमा स्थलगत अनुगमन गरि गुलरिया गाथामा समावेश गरिएका छ । यस पाठ्यक्रमले नगरको भुगोल, संस्कृति, कला र सीप विस्तृत रुपमा विद्यार्थीहरुलाई ज्ञान दिने अधिकृत यादवको भनाई छ । लोकार्पण गरिएको स्थानीय पाठ्यक्रम १०० पूर्णाङ्कको छ ।

आधारभूत तह स्थानीय पाठ्यक्रम ‘गुलरिया गाथा’को पाठ्य सामाग्री लोकार्पण कार्यक्रममा नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्रा गौतम, वडा अध्यक्षहरुलगायत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय