बर्दिया,साउन ७ (फरकसमाचार) / लामो समय देखि गुलरिया बजार अन्र्तगत क्षेत्रमा अवरुद्ध रहेको खानेपानी सुचारु हुन अझै अन्योल देखिएको छ । खानेपानीको बिग्रेको मोटर खानेपानी उपभोक्ता समितिले कहिले फेर्ने वा बनाउने निश्चित नहुँदा खानेपानी सुचारुमा अन्योल देखिएको हो । लामो समय देखि खानेपानी अवरुद्ध हुँदा उपभोक्ताहरु प्रत्यक्ष मर्कामा परेका छन् । खानेपानी नआउँदा खाना पकाउँन, लुगा धुन र नुहाउँन समेत दुुरदराजमै जस्तै गरी पानी बोक्न परेको छ । खानेपानी उपभोक्ता समितिले अवरुद्ध खानेपानी सुचारु गराउन नसक्दा चौतर्फी आलोचनासमेत भईरहेको छ ।
खानेपानी उपभोक्ता समितिले गुलरिया बजारमा पानी आपुर्ती गर्न नसक्दा स्थानीय शुल्क मात्र तिर्न बाध्य भएको स्थानीय उपभोक्ता बताउछन् । खानेपानी व्यबस्थित गरिदिन आग्रह गर्दै पटक पटक सम्बन्धित निकायमा धाउँदासमेत सम्बन्धित निकायले वेवास्ता गरिरहेको स्थानीय उपभोक्ताहरुको आरोप छ ।
मोटर फुटेर खानेपानी उपभोक्ताहरुलाई आपुर्ती गर्न नसकेको खानेपानी उपभोक्ता समिति गुलरियाकी उपाध्यक्ष प्रभा केसीले बताईन् । उपभोक्ताले खानेपानी पाएका छैनन् ।
हामीलाई पनि चिन्ता छ । उपभोक्ताहरुलाई दुःख दिन होइन, सेवा दिनको लागि हामी उपभोक्ता समितिमा आएका छौं । ‘फुटेको मोटर भारतको लखनउसम्म पटक पटक बनाउँदा पनि एक दुई दिनमा बिग्रिन्छ’ उपाध्यक्ष केसीले भनिन्,‘नयाँ मोटरको लागि अध्यक्ष ज्यु खानेपानी मन्त्रालयको डिजीलाई भेट्न शुक्रबार काठमाडौं जानुभएको छ ।’ अध्यक्षले डिजीलाई भेटेर नयाँ मोटर ल्याउने व्यवस्था भयो भने ठिक छ । यदि नयाँ मोटर आउने व्यवस्था भएन भने तुरुन्तै नेपालगंजबाट मिस्त्री ल्याएर फुटेको मोटर बनाई छिट्टै उपभोक्ता समक्ष खानेपानी पु¥याउने उपाध्यक्ष केसीले दावी गरिन् ।