बर्दिया,साउन ८(फरकसमाचार) / कर्णाली नदिमा पहिचान नखुलेको एक महिलाको शव फेला परेको छ । गेरुवा गाउँपालिका–६ सोनाहाफाँटा स्थित गेरुवा कर्णाली नदिको बगरमा महिलाको शव आइतबार फेला परेको हो । प्रहरीका अनुसार शव फेला परेको महिलाको पहिचान खुल्न सकेको छैन ।
महिलाको पहिचान नखुल्दा सनाखतसमेत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्दाजी ५०/५५ वर्ष उमेर, उचाई ४ फिट ५ इन्च, गहुगोरो मंगोलियन जस्तो अनुहार, नाकमा बुलाकी लगाएकी, मोटो शरिर, दाहिने हातमा हरियो, रातो र पँहेलो रंगको चुरा लगाएकी महिलाको शव फेला परेको छ ।
महिलाको शव बर्दिया अस्पतालको शव गृहमा राखिएको छ । चिन्नुहुने व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।