पहिराले घर पुरिंदा आमाछोराको मृत्यु, तीन जना घाइते
सोमबार, साउन ०८, २०८० मा प्रकाशित

बैतडी,साउन ८ / पहिराले घर पुरिंदा बैतडीमा आमाछोराको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका-२, भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुरिंदा घरमा सुतिरहेका उनीहरूको मृत्यु भएको हो। पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन्। पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय