ऋण नतिर्नेलाई सेवा सुविधाबाट बञ्चित गर्ने गुलरिया नगरपालिकाको चेतावनी
बुधबार, साउन १०, २०८० मा प्रकाशित

बर्दिया,साउन १० (फरकसमाचार) / सहकारी संस्थाका ऋणीहरुले ऋण नतिरे सेवा सुविधाबाट बञ्चित गर्ने गुलरिया नगरपालिकाकाले चेतावनी दिएको छ । समयमा सहकारीको ऋण नतिर्नेलाई गुलरिया नगरपालिकाको सेवा सुविधाबाट बञ्चित गर्ने मंगलबार सुचनामार्फत चेतावनी दिएको हो ।

गुलरिया नगरपालिकाको सहकारी ऐन २०७४ र नियमावली २०७७ बमोजिम संचालनमा रहेका सहकारी संस्थाबाट विभिन्न मितिमा ऋण लिएका व्यक्तिहरुले ऋण नतिरेको सुचनामा जनाईएको छ । सहकारीका अधिकारीक व्यक्तिहरुले पटक पटक ताकेता गर्दा ऋणी व्यक्तिहरुले ऋण नबुझाएको र सम्पर्कमै नआउने गरेको पालिकालाई जानकारी प्राप्त भएको प्रकाशित सुचनामा उल्लेख गरिएको छ ।

ऋणीहरुले सहकारीमा सम्पर्क गरि समयमा ऋण, साँवा र व्याज भुक्तानी गर्न अनुरोध गरेको छ । यदि समयमा ऋण नतिरी वा तिर्न अटेर गर्ने ऋणीहरुको नाम सार्वजनिक गर्ने, पालिकाले प्रदान गर्ने सेवा सुविधाबाट बञ्चित गरि प्रचालित कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय