बारबर्दिया नगरपालिकामा असुलि धन्धा
बिहिबार, साउन ११, २०८० मा प्रकाशित

बर्दिया,साउन ११ / ०७१ सालमा जब्दी घाटको पुल उद्घाटन नहँुदै भासियो । केहि बर्ष भासिएको पुल माथीबाट जनता हिँडे । अघिल्लो बर्षको बाढीले पुल बगाएपछि जनता पुरानै नियतिमा फर्कन बाध्य छन् । तर,गाउँमा सिंह दरवार आउँने आशामा निर्माण भएको तीन तहको सरकार मध्यमा स्थानीय सरकारमा जनप्रतिनिधि चुनिएपनि सर्वसाधारणलाई सुबिधा दिन भन्दा असुलि गरिरहेको आरोप छ ।

सर्वसाधारणको चाहनाले बनेको बारबर्दिया स्थानीय सरकारले सर्वसाधारणसँग नगरपालिका भित्र आवागमनमा रकम असुलि गर्दा आलोचित बनिरहेको छ । पूरानै परम्परालाई टेकेर बारबर्दिया नगरपालिकाले जनतासँग राजश्वको नाममा असुलि धन्धा चलाईरहेको आरोप छ । बारबर्दियाका हरेक नागरिकले सवारी साधन लिएर आवागमन गर्दा एक पटकमा २५ रुपैयाँ तिर्न बाध्य छन् । प्रति व्यक्ति दश रुपैया र मोटरसाईकलको १५ रुपैया तिर्न बाध्यकारी नियम बारबर्दिया नगर सरकारले अख्तियार गरेको छ । व्यबस्थित डुगा नहुँदा ज्यान जोखिममा मोलेर यात्रा गर्न पर्ने अर्को जोखिम सर्वसाधारणले उठाउँन परिरहेको छ ।

बारबर्दिया नगरपालिकाका भूगोललाई उत्तरमा बबई नदीले घरेको छ । नदीले घेरिएको टापु जस्तै नगरपालिकाले यतिबेला सर्वसाधारणसँग असुलि धन्धा चलाउँदा किसान जनता प्रश्रब पीडामा छन् । नगरपालिका बाहिर वा भित्र आवागमन गर्न पर्यो कि सर्वसाधारणले पैसा तिर्नको विकल्प छैन । राम्रो अस्पताल, कर्भड हल जस्ता सर्वसाधारणको आवश्यक्ता परिपूर्ती गर्ने बारबर्दिया नगरपालिकामा संरचना नबन्दा स्थानीयले दुःख पाएका छन् । खेल अभ्यास,औषधि उपचार, जग्गा पास, पासपोर्ट लगायतका सेवा लिन सदरमुकाम गुलरिया आउँन पर्ने बाध्यता सर्वसाधारणलाई छ ।

सर्वसाधारणको आवात जावात गर्ने बाध्यतामा स्थानीय सरकारले सर्वसाधारणसँग असुलि धन्धा चलाईरहेको हो । विकासको नाममा कच्चो विकासमा अर्बो बजेट खर्च गरिसकेको स्थानीय सरकार सर्वसाधारणको बिपक्षमा काम गर्दै आएको स्थानीय गुनासो गर्छन । जनतालाई प्रत्यक्ष रुपमा सुबिधाको प्रत्याभुति गर्ने काममा सर्वसाधारणलाई जनप्रतिनिधिले उल्टै ठगिरहेको गुनासो छ । कर्मचारीले चलाईरहेको बारबर्दिया नगरपालिकामा जनप्रतिनिधि निरिह बनिरहेको आरोप जनप्रतिनिधिलाई छ ।

प्रमुख प्रशासकिय अधिकृत अशोक कोईराला जनप्रतिनिधिलाई नियम कानुन पढाएर राजश्व उठाउँने नाममा जनतासँग असुलि धन्धाको मतियार बनिरहेको आरोप छ । प्रमुख प्रशासकिय अधिकृत कोईरालालाई आरोपको बिषयमा प्रतिक्रिया लिन खोज्दा र ठेक्का बन्दोबस्तीको बारेमा पटक पटक जानकारी लिन सम्र्पक गर्न खोज्दा समेत फोन उठेन ।

एक ठाउँमा मात्र ठेक्का बन्दोवस्तीले काम नचल्ने भएपछि नगरपालिकाले ठेक्का लगाएको नगर प्रमुख छबिलाल थारुले बताए । ‘हाम्रो नगरपालिका अरु नगरपालिका जस्तो आवागमन गर्न सजिलो छैन,’उनले भने,‘नदीले घरेको नगरपालिका भएकाले बाहिर जादा नदी बाटै आवगमन गर्न पर्छ ।’ जब्दी घाटमा मात्र नभई अन्य चार घाट उत्राहि टेन्डर प्रक्रिया मार्फत प्रतिस्पर्धामा दिएकोे नगर प्रमुख थारुले जानकारी दिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय