बर्दिया,साउन ११ / राजापुर नगरपालिकामा नगर प्रशासनले गरिरहेको अनियमित गतिबिधिको सामाजिक संजालमा बिरोध भएको छ । राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारु, प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाही र लेखा अधिकृत वसन्त मल्लको त्रिपक्षिय मिलिमतोमा नगर प्रशासनको काम कारबाहि अनियमित तरिकाले अघि बढेको खुलासा भएको छ ।
असार मसान्तमा ठेकेदारले काम नसक्दै भुक्तानी दिईसकेको सामाजिक संजालमा समरपन शाहले उल्लेख गरेका छन् । शाहले उपभोक्ता समितिलाई भुक्तानी नदिएर सास्ती दिएको आरोप लगाएका छन् । उनले राजापुर नगरपालिका वडा नं. २ मा चैनपुरमा मिलिमतोमा ठेकेदारले निर्माण गरेको पक्की सडकको काम झरिमा गर्दा गुणस्तरमा प्रश्न चिन्ह उठाएका छन् । उक्त सडक खन्डको नगर प्रमुख र कर्मचारी प्रलोभनमा परेर भुक्तानी दिएको बिषयको चर्को बिरोध भएको छ । शाहले सामाजिक संजालमा लेख्ने प्रतिनिधि पात्र मात्र हुन् ।
नगर प्रमुख दिपेशले पहुुचको भरमा असार मसान्तलाई लक्षित गरी अघिल्लो प्रमुख प्रशासकिय अधिकृत दिल्ली भट्राईलाई मन्त्रालयले सरुवा गरेको ३४औं दिनमा हटाएर वर्तमान प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाही मार्फत असार अन्तिममा सम्झौता गरेर काठमाडौंका बिभिन्न पाटीबाट कार्यालयमा खरिद गरेको देखाएर भागबन्डामा भुक्तानी दिएको समेत तथ्य बाहिर सार्वजनिक भएको छ । निर्माणको जिम्मा लिएका निर्माण व्यबसायीसँगको मिलिमतोमा राज्य कोषको ढुकुटी धमाधम भुक्तानी दिएको राज्य संयत्रले छानबिन गर्न पर्ने नगरबासीले माग गरेका छन् । कार्यालयको खर्चमा असार मसान्त लगत्तै काम देखाएर काठमाडौं पुगेका नगर प्रमुख थारु र प्रमुख प्रशासकिय अधिकृत शाही फर्केका छन् । लेखा अधिकृत मल्ल बिदामा छन् ।
आर्थीक बर्षको अन्तिममा कार्यकर्तालाई रिझाउँन डाईभिङ लगायत बिभिन्न क्षेत्रमा गरिएको खर्च कागजी प्रक्रिया मिलाएर ६० लाख भुक्तानी दिएको नगर प्रशासनलाई अर्को आरोप छ । असार मसान्तमा सम्झौता गरेर कार्यालयको लागि सामान खरिद नगरिएको प्रमुख प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीले बताए । ‘हामीले उपभोक्ताको बिल रोकेका छौ,’उनले भने,‘काम र कागजी प्रक्रिया बाँकी रहदा भुक्तानी दिन सकिएन, अरु सबैको भुक्तानी बिल दिईसकेका छौ ।’ पाडाको कार्यक्रमको केहि खरिद गर्न पर्ने भएकाले खरिद गरेको प्रमुख प्रशासकिय अधिकृत शाहीले स्वीकारे । स्रोत नागरिकन्युज