सरकारी जग्गाको रुख फडानी
आइतबार, साउन १४, २०८० मा प्रकाशित

बर्दिया,साउन १४(फरकसमाचार) / सरकारी जग्गाको रुख बन कर्मचारीको मिलिमतोमा फडानी भएको छ । गुलरिया नगरपालिका–१० स्थित रहेको सरकारी जग्गाको १४ वटा रुख वन कर्मचारीको मिलिमतोमा फडानी भएको तथ्य सार्वजनिक भएको हो । सरकारी जग्गामा रहेको रुख विरुवा काट्न नपाईने प्रावधान रहेपनि वन कर्मचारीको संलग्नतामा रुख काटिएको आशंका छ । सरकारी जग्गाको रुख फडानी गरि गुलरिया नगरपालिका–१० रत्नापुर स्थित सगुन समिलमा राखिएको छ । बबई शव डिभिजन कार्यालयका कर्मचारी कृष्ण घिमिरे र दिपक झाको मिलिमतोमा सरकारी जग्गाको रुख विरुवा फडानी भएको स्रोतको दावी छ ।

समिलमा प्रहरीले छापा मारेर अबैध काठको रेकर्ड वनलाई बुझाएको छ । सरकारी जग्गाको रुख फडानीको घटना लुकाउन वन प्रशासन लागिरहेको खुलेको छ ।
रुख काटिएको जानकारी पाउन साथ अनुसन्धानको लागि बबई शव डिभिजन कार्यालयलाई पत्राचार गरेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख टंक गुरुङ्गले बताए । बबई शव ‘डिभिजनका प्रमुख ज्ञान बहादुर चौधरीको नेतृत्वमा उक्त घटनाको अनुसन्धान भईरहेको छ’ निमित्त प्रमुख गुरुङ्गले भने,‘प्रमुखले अझै डिभिजन वन कार्यालयमा प्रतिवेदन बुझाउनु भएको छैन ।’

नंम्बरी आवादी जग्गासंग जोडिएकोले रुख काटिएको जग्गा सरकारी हो कि नंम्बरी अझै एकिन नभएको बबई शव डिभिजनका प्रमुख ज्ञान बहादुर चौधरीले बताए । ‘नंम्बरी आवादी जग्गासंग जोडिएको नालामा पनि व्यक्तिहरुले खेती गरेका छन्’ प्रमुख चौधरीले भने,‘रुख काटिएको जग्गा सरकारी हो कि नंम्बर छुट्याउनको लागि नापी कार्यालयलाई पत्राचार गरेका छौं ।’ नापीले अझै जग्गा छुट्याएको छैन । रुख काटिएको जग्गा सरकारी हो कि नंम्बर अझै भन्ने स्थिती नरहेको प्रमुख चौधरीको भनाई छ । बिमल चित्राकारको बुवाले नंम्बरी आवादी जग्गासंग जोडिएको जग्गामा बिरुवा लगाएका थिए ।

नंम्बरी आवादीको जग्गामा रहेको विरुवाको साथमा अन्य बिरुवा काटिएको प्रमुख चौधरीले स्विकार गरे । काठ राखिएको समिललाई नियन्त्रणमा लिएका छौं । नंम्बरी आवादीको जग्गासहितमा ३५ वटा सिसौं र मसलाका बिरुवा काटिएको काउन्ट गरेका छौं । त्यस मध्ये कति बिरुवा सरकारी जग्गाको हो एकिन हुन सकेको छैन । नापीले नंम्बरी र सरकारी जग्गा नछुट्याउँदासम्म एकिन हुदैन । बिरुवा फडानीमा वन कर्मचारीको कुनै मिलिमतो नरहेको प्रमुख चौधरीले दावी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय