काठमाडौँ,साउन १५ / प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद्मा नेकपा एमालेले गर्दै आएको अवरोध हटाउने विषयमा छलफल भएको बताइएको छ। साथै प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा कुराकानी भएको बुझिएको छ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ। आइतबार प्रधानमन्त्री दाहाल र ओलीबीत भएको छलफलमा कुनै निष्कर्ष नआएपछि आजको बैठक पनि अवरोध गर्ने एमालेले जनाएको छ।नागरिकन्युजबाट साभार